भरतपुर महानगरपालिकाले अवैध संरचना हटाउन डोजर चलाउने
चितवन–भरतपुर महानगरपालिकाले अवैध संरचना हटाउने अभियान थाल्ने भएको छ ।मंगलबार ३५ दिने सूचना निकाल्दै अवैध संरचना हटाउन आग्रह गरेको हो । सो समयावधि भित्रमा अवैध संरचना नहटाईए महानगर आफैले हटाउने जनाएको छ । संरचना हटाउँदा बापत लाग्ने खर्च समेत सम्बन्धिन व्यक्ति वा संस्थाबाटै असुल गर्ने सूचनामा उल्लेख छ ।
महानगरले सार्वजनिक जग्गामा स्वीकृत नलिई निर्माण भएका भवन, टहरा र संरचनाहरु, सडक क्षेत्राधिकार मिचेर बनाईएका टहरा, कम्पाउण्डवाल एवं अन्य सरंचरनाहरु, स्वीकृत नलिई भवनका अगाडि न...


