चितवन–चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत गुन्द्रहिढाका मध्यवर्ती सामुदायिक वनमा अन्दाजी ३५ वर्षको भाले गैंडा मृत अवस्थामा फेला परेको छ ।

सामुदायिक वनको दक्षिण–पूर्व क्षेत्रमा सोमबार दिउँसो १२ बजे मृत गैंडा फेला परेको हो । उक्त गैैंडा बुढो भएर मरेको हुन सक्ने निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

मृत गैंडाको खाग र खुर सुरक्षित रहेकोले प्रकृतिक कारणले मृत्यु भएको तिवारीले बताए ।

तपाईको प्रतिक्रिया