गठबन्धनकाे जालाे ताेड्दै चितवन ३ (क) मा राप्रपाका युवा नेता ज्ञानुजंग तामाङ विजयी
चितवन । प्रदेशसभा अन्तरगत चितवन क्षेत्र नं. ३ (क) मा राष्ट्रिय प्रजातन्त्र पार्टीका गिर बहादुर (ज्ञानुजंग) तामाङ बिजयी हुनुभएको छ ।काँग्रेस माओवादी सहित गठबन्धनकाे जालाे ताेड्दै तामाङ विजयी हुनुभएकाे हाे ।
उहाँले नेपाली कांग्रेसका प्रा।डा। सुर्यकान्त घिमिरेलाई २ हजार ८ सय ५७ को भारी मतले पछि पार्दै विजयी हुनु भएको हो । बिहीबार बिहान ३ः३० बजे सकिएको सो प्रदेशसभा निर्वाचन क्षेत्रको मतगणना अनुसार १७ हजार ८ सय १३ मतका साथ तामाङ प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको हो ।
उहाँ...


