चितवन । पाँचदलीय गठबन्धनको पर्खाल भत्काउदै  चितवन क्षेत्र नं. ३ मा राप्रापाका उम्मेदवार विक्रम पाण्डे विजयी भएका छन् ।

शुक्रबार राति सार्वजनिक मतपरिणाम अनुसार पाण्डे ९ हजार २३३ मतान्तरले निर्वाचित भएका हुन् । पाण्डेले ३५ हजार ५५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका डा भोजराज अधिकारीले २५ हजार ८२२ मत प्राप्त गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले १४ हजार ८४२ मत ल्याएर तेस्रो स्थानमा पुगिन् भने नेपाली कांग्रेसबाट कारबाही भोगेका दिनेश कोइराला १२ हजार २७५ मतका साथ चौँथो स्थानमा पुगे । माछा चिह्न लिएर स्वतन्त्र उमेदवारी दिएका कोइराला पश्चिम क्षेत्रमा पुगेपछि निरन्तर पछाडि रहे ।

तपाईको प्रतिक्रिया