×

गाेविन्द घिमिरे

चितवन । समाजमा बढ्दै गएको लागुऔषधको नियन्त्रणका लागि चितवनमा सचेतनामूलक मौन र्‍याली  निकालिएको छ । भरतपुर महानगरपालिका वडा नं ११ गणेशस्थानमा मंगलबार गणेशस्थान टोल विकास संस्थाले मौन र्‍यालीको आयोजना गरेको हो ।

स्थानीय युवा र आमासमुहमा आवद्ध महिलाहरुको सहभागितामा निस्केको मौन यालीले गणेशस्थानको परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो ।लागु औषधको प्रयोग मानवीय जिवनको दुरुपयोग, लागुपदार्थको सेवन गरि अकालमा जिवन नफालौ, खैनी चुरोट गाँजा छोड्ने भोलि हैन आज लगायतका सचेतनामूलक प्ले कार्ड बोकेर युवाहरु र्‍यालीमा सहभागि भएका थिए ।

कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिका वडा नं. ११  का वडाअध्यक्ष कमल बहादुर मल्लले लागुऔषधलाई समाजबाटै निर्मुल पार्नका लागि सबैको सहयोग हुनुपर्ने बताउनुभयो । व्यक्ति विग्रे समाज विग्रने भन्दे उहाँले कुलतबाट समयमै निस्कनुपर्ने बताउनुभयो ।

सोहि अवसरमा बोल्दै गणेशस्थान टोल विकास संस्थाका सल्लाहाकार समितिका सदस्य रेशमलाल सापकोटाले दिनानुुदिन बढ्दै गएको लागुऔषधको प्रयोगलाई हटाउन युवाहरु सचेत बन्नुपर्ने बताउनुभयो । युवाहरु आफै सचेत नभएसम्म लागुऔषधको प्रयोग नहट्ने भन्दै मनभित्रैबाट यसलाई हटाउनुुपर्ने धारणा राख्नुभयो । स्थानीय सरकारले लागुऔषधमा फसेका युवाहरुको मनोभावना बुझेर सोहि अनुसारका कार्यक्रमहरु ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया