फेन्सी व्यवसायी संघ चितवनको अध्यक्षमा शंकरप्रसाद घिमिरे निर्वाचित
चितवन–फेन्सी व्यवसायी संघ चितवनको अध्यक्षमा शंकरप्रसाद घिमिरे निर्वाचित भएका छन्। सोमबार राति सम्पन्न अधिवेशनबाट संस्थापन पक्षका यमप्रसाद घिमिरेलाई पछि पार्दै संस्थापन इतरका घिमिरे निर्वाचित भएका हुन् । शंकरप्रसाद घिमिरे ४८९ मतसहित विजयी हुँदा यमप्रसाद घिमिरेले जम्मा २२२ मतमात्र प्राप्त गर्न सफल भए।
वरिष्ठ उपाध्यक्षमा भने संस्थापन समूहबाटै रामप्रसाद पौडेल विजयी भएका छन्। उनी ४५५ मतसहित विजयी हुँदा शंकर समूहका पाण्डव ढकालले जम्मा २३९ मत पाए। उपाध्यक्षमा शंकर समूहकै मीना बस्...


