मृतकको हातबाट ब्रासलेट चोर्ने भरतपुर अस्पतालका गार्ड पक्राउ
चितवन । चितवनमा उपचारको क्रममा मृत्यु भएका एक पुरुषले लगाएको सुनको ब्रास्लेट चोर्न एकजना पक्राउ परेका छन् । आइतबार नारायणगढ मुग्लिङ सडकखण्डमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक तनँहु जिल्ला भानु नगरपालिका वडा नम्बर २ बस्ने ३८ वर्षिय सन्जिव बहादुर रायमाझीको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको थियो ।
मृतक रायमाझीले हातमा लगाएको सुनको ब्रास्लेट चोरी गरेको आरोपमा प्रहरीले अस्पतालकै गार्ड खोटाङ घरभई हाल भरतपुर महानगरपालिका वडा नम्बर ७ बस्ने २७ वर्षिय कृष्ण र...


