
गोरखा । बुधवारदेखि सुरु भएको ११ औँ गोरखा महोत्सव २०७९ मा इमेज इन्स्टिच्यूटले शोभायात्रामा सहभागी हुुँदै र्याली निकालेको छ । इमेजका गोरखा शाखा प्रमुख आशिका रसाइलीले इमेजका कर्मचारी तथा विद्यार्थीहरु आफ्नै पोशाकमा शोभायात्रामा सहभागी .भएको बताउनुभयो । विगतमा जस्तै यसवर्षपनि इमेजले महोत्सवमा संस्थागत रुपमा आफ्नो सहभागिता जनाएको हो ।
यसैविच बुधवारदेखि सुरु भएको ११ औँ गोरखा महोत्सव २०७९ मा इमेज इन्स्टिच्यूटले नि:शुल्क पिउनेपानी वितरण गरेको छ । महोत्सव अवलोकनका लागि आउने दर्शकहरुका लागि इमेजले पिउने पानीको व्यवस्था मिलाएको हो । महोत्सवमा आउने दर्शकहरुका लागि एकहजार लिटर शुद्ध पिउनेपानी वितरण गरिएको इमेजको गोराखा शाखाले जनाएको छ ।
उच्चशिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीहरुलाई सत्यत्थय परामर्श दिदै जापान पठाउँदै आएको इमेजका चितवनको नारायणगढ सहित चनौली र मेघौली र गोराखामा शाखा कार्यालय रहेका छन् । उचित परामर्श र उत्कृष्ट डकुमेन्टेसनका कारण इमेजले विद्यार्थीहरुको मन जित्न सफल भएको छ ।