×

चितवन सेरोफेरो

गोल्डेन इमिनेन्ट इन्टरनेशनलद्धारा विभिन्न पदमा कर्मचारी माग, आर्कषक तलव दिइने

गोल्डेन इमिनेन्ट इन्टरनेशनलद्धारा विभिन्न पदमा कर्मचारी माग, आर्कषक तलव दिइने
चितवन । चितवनको भरतपुरमा रहेको गोल्डेन इमिनेन्ट इन्टरनेशनल प्रालिले चितवन र काठमान्डौको कार्यालयका लागि विभिन्न पदमा १० जना कर्मचारीहरु आह्वान गरेको छ ।रिसेप्सन, डकुमेन्ट अफिसर, काउन्सिलर, बजार प्रमुख र कोरियन भाषा शिक्षक आवश्यकता परेको जनाएको छ । हरेक पदमा एकएकजना दक्ष जनशक्ति आवश्यक परेको भन्दै गोल्डेन इमिनेन्टले इच्छुक आवदेकहरुले योग्यताको आवश्यक प्रमाणपत्र सहित अनलाइनबाटै निवेदन दिन सकिने जनाएको छ ।गोल्डेन इमिनेन्टका प्रबन्ध निर्देशक प्रकाश रिजालले चितवन र काठमान्डौ का...

लाइसियम स्कुलद्धारा बजार झोला वितरण

लाइसियम स्कुलद्धारा बजार झोला वितरण
रत्ननगर ।  रत्ननगर नगरपालिका वडा नम्वर १ निपनीमा रहेको लाइसियम इन्टरनेशनल मोडल स्कुलले विद्यालयको प्रथम त्रैमाशिक परीक्षाफल प्रकाशनको अवसरमा १००० थान मार्केटिङ्ग झोला वितरण गरेको छ । विद्यालयका प्रवन्ध निर्देशक सन्तोष पन्तको सभापतित्व तथा रत्ननगर नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष कुल प्रसाद सापकोटाको प्रमुख आतिथ्यमा सञ्चालित उक्त कार्यक्रममा सहयोगी संस्था अनकोन नेपालका तर्फबाट बासुराज विष्ट तथा आमा फाउण्डेसनका तर्फबाट नविन जोशी समेतको उपस्थिति थियो । वडा सदस्य विन्दु...

महानगर प्रमुख दाहाल : ‘मर्निङवाक’ सँगै गुनासो सुन्दै

महानगर प्रमुख दाहाल : ‘मर्निङवाक’ सँगै गुनासो सुन्दै
भरतपुर । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई महानगरवासीको एउटा आरोप सधैँ रहने गरेको छ, ‘सहज भेट्न पाइँदैन’ । जब उनी कार्यालय पुग्छिन् बाहिर नगरवासीको भीड लाग्ने गर्दछ । सचिवालयका कर्मचारीलाई पालो मिलाउन हम्मेहम्मे हुने गर्दछ । कतिपय भेट्न नपाएको गुनासो गर्दै फर्कने गर्दछन् । धेरै जनसङ्ख्या भएको महानगरमा कार्यालय समयमा सबैलाई भेट्न सम्भव पनि छैन । कार्यालयको कामसँगै भेटघाटको व्यवस्थापन गर्दा सबैलाई भेट्ने अवसर मिल्दैन । दाहालका विज्ञ सल्लाहकार सुरेशचन्द्र अधिकारीका अनु...

नारायणी नदीको ३५ किलोमिटरमध्ये २२ किलोमिटर क्षेत्रमा तटबन्धन

नारायणी नदीको ३५ किलोमिटरमध्ये २२ किलोमिटर क्षेत्रमा तटबन्धन
चितवन । पश्चिम चितवनवासीलाई हरेक वर्षातमा दुःख दिँदै आएको नारायणी नदीको जोखिमयुक्त ठाउँमा तटबन्धन गरिएको छ । बहुवर्षे आयोजनाका रुपमा तटबन्धको ठेक्का लगाइएको भए पनि बाढीको जोखिम भएको ठाउँलाई प्राथमिकतामा राखेर काम गरिएको हो । नारायणी नदी व्यवस्थापन आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इञ्जीनीयर शङ्कर बुढाथोकीका अनुसार नदीको जोखिमयुक्त ठाउँलाई पहिलो प्राथमिकतामा राखेर काम गरिएको छ । नदीको भरतपुरतर्फको ३५ किलोमिटरमध्ये २२ किलोमिटर क्षेत्रमा अहिले तटबन्ध गरिँदै छ । अत्यन्त जो...

प्राङ्गारिक खेती अभियानमा न्यौपाने

प्राङ्गारिक खेती अभियानमा न्यौपाने
चितवन । चितवनका एक किसानले प्राङ्गारिक खेती अभियान सञ्चालन गरेका छन् । भरतपुर महानगरपालिका वडा नं २५ शुक्रनगरका किसान छवि न्यौपानेले आफूले प्राङ्गारिक खेती गर्दै अरुलाई पनि अभियानमा जोडेका हुन् । न्यौपानेले भरतपुर–२५ मा नौ बिघा र वडा नं २८ मा सात बिघा जमिनमा प्राङ्गारिक तरकारी र खाद्यान्न उत्पादन गर्दै आउनुभएको छ । उहाँले प्राङ्गारिक मल र विषादी आफैले बनाएर प्रयोग गर्ने गरेका छन् । मौसमअनुसारको तरकारीसँगै उनले खाद्यान्नबाली धान, गहुँ, मकै, तोरी लगाउने गरेका छन् । उनले गोठे...

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा चितवनका अनिल पोखरेल  निर्वाचित

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा चितवनका अनिल पोखरेल  निर्वाचित
चितवन–चितवनका अनिल पोखरेल एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा ३७ वर्षीय पोखरेल दुई प्रत्यासी डिला खरेल र देव बहादुर गुरुङलाई पराजित गर्दै निर्वाचित भएका हुन् । चितवनमै जन्मिएर चितवनमै उच्च शिक्षा अध्ययन गरेका पोखरेल सन् २००७ मा अष्ट्रेलिया पुगेका थिए । संघको मुख्य पदमा पोखरेलकै टिमले बाजी मारेको छ । संघको महासचिवमा सन्तोष कुँवर र सचिवमा थिर बहादुर गुरुङ निर्वाचित भएका छन् ।यस्तै संघको एनएसडब्लु एससिसि स्टेट कोर्डिनेटरमा विनोद कुँवर न...

अवरुद्ध नारायणगढ – मुग्लिन सडकखण्ड खुल्यो

अवरुद्ध नारायणगढ – मुग्लिन सडकखण्ड खुल्यो
चितवन । सुख्खा पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ – मुग्लिन सडकखण्ड विहान ९ वजेदेखि सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ मा पर्ने कालीखोला नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको हो । विहान ७ वजे माथिबाट खसेको पहिरो हटाइएपछि सडक दुइतर्फी रुपमै सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सुख्खा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

सुख्खा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध
चितवन । सुख्खा पहिरो खस्दा नारायणगढ - मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ मा पर्ने कालीखोला नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको हो । विहान ७ वजे माथिबाट पहिरो खस्दा दोहोरो सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मेट्स चितवनको अत्याधूनिक नयाँ कार्यालय शुभारम्भ

मेट्स चितवनको अत्याधूनिक नयाँ कार्यालय शुभारम्भ
चितवन–मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिस चितवनको नयाँ कार्यालय शुक्रबार शुभारम्भ गरिएको छ ।एक कार्यक्रमकाबीच मेट्सका प्रबन्ध निर्देशक प्रकाश पाण्डेले रिवन काटेर नयाँ कार्यालयको शुभारम्भ गरेका हुन् । सो क्रममा बोल्दै पाण्डेले विद्यार्थीहरुलाई अध्ययन र परामर्शका लागि सहज होस् भन्ने उद्देश्यले नयाँ कार्यालय स्थापना गरिएको बताए । उनले नयाँ कार्यालयसंगै विद्यार्थीहरुलाई सबै कुरामा सहज हुने विश्वास दिलाए । विदेश जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिँदै आइरहेको संस...