ग्लोबल आइएमई बैंकले नारायणगढमा गरेको रक्तदानमा ८५ युनिट रगत संकलन
चितवन। ग्लोबल आइएमई बैंक नारायणगढले मंगलबार आयोजना गरेको रक्तदान कार्यक्रममा ८५ जनाले रक्तदान गरेका छन् । बैंकको १७ औँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा पुरुष र महिला गरि ८५ जनाले रक्तदान गरेको नारायणगढ शाखाका प्रमुख धिरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा बैंकका भरतपुर र नारायणगढका सातवटा शाखाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई मध्यनजर गरी यस्ता समाजपयोगी कार्यहरुमार्फत आम जनमानसलाई प्र...


