×

आर्थिक

नवलपुरको गैँडाकोटमा भेटियो ४५ हजार नगद !

नवलपुरको गैँडाकोटमा भेटियो ४५ हजार नगद !
गैँडाकोट । नवलपुरको गैँडाकोटमा बेवारिसे अवस्थामा ४५ हजार नेपाली रुपैँया फेला परेको छ । गैँडाकोट नगरपालिका वडा नं. ५ काँग्रेसचोकमा ४५ हजार नेपाली रुपैँया फेला परेको काँग्रेस नेता कमलप्रसाद पराजुलीले उज्यालो खबरलाई बताए । गैँडाकोट नगरपालिका वडा नं. ४ का ९० बर्षीय बृद्ध रामप्रसाद ओझाले सडकमा फेला पारेको सो नगद रुपैँया कसले खसालेको हो भन्नेबारेमा हालसम्म केहि खुल्न सकेको छैन । पैसा हराएका जो कोहिले पनि आफ्नो रकम प्रमाण सहित दावी गर्नका लागि पराजुलीले आग्रह गरेका छन् । पैसा ...

नवलपुरमा काेइकाद्धारा १० लाख बराबरकाे कृषि औजार हस्तान्तरण

नवलपुरमा काेइकाद्धारा १० लाख बराबरकाे कृषि औजार हस्तान्तरण
नवलपुर । मधबिन्दु नगरपालिका टांडिका किसानलाई कोइकाले कृषि औजार हस्तान्तरण गरेको छ । शुक्रवार मध्यबिन्दु नगरपालिका वडा नम्बर ६ टांडिमा आयोजिक एक समारोहमा त्यहाका किसानलाई ६ वटा हाते ट्रयाक्टर र ४९ वटा बिरुवा रोप्ने औजार हस्तान्तरण गरिएको हो । औजार हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि मध्यबिन्दु नगरपालिकाका मेयर चन्द्रबहादुर रानाले मेहेनती किसानलाई कृषिमा ब्यबसायीकीकरण गर्न कोइकाले औजार हस्तान्तरण गरेर ठुलो गुन लगाएको बताए । औजारको प्रयोगले कृषिको ब्यबसायीकीकरणमा बल पुग्ने उ...

चितवनमा १७ हजार सवारी कारवाहीबाट डेढ करोडभन्दा बढी राजस्व संकलन

चितवनमा १७ हजार सवारी कारवाहीबाट डेढ करोडभन्दा बढी राजस्व संकलन
चितवन । ट्राफिक प्रहरी कार्यालय चितवनले आर्थिक वर्ष ०७८र७९ को ६ महीनामा डेढ करोडभन्दा बढी राजस्व संकलन गरेको छ ।कार्यालयका अनुसार चालू आवको साउनदेखि पुस मसान्तसम्ममा १ करोड ५५ लाख ७९ हजार ५०० राजस्व संकलन गरेको हो । सो अवधिमा कुल १७ हजार १०९ ओटा सवारीसाधन कारवाहीमा परेका थिए । कारवाही गरिएका सवारीमध्ये सबैभन्दा बढी मोटरसाइकल र सबैभन्दा कम ट्रयाक्टरबाट राजस्व संकलन भएको छ । जस अनुसार सो अवधिमा ४ हजार ७१५ मोटरसाइकल कारबाहीबाट ३९ लाख ४२ हजार ५०० रुपैयाँ र ८१२ ओटा ट्रयाक्टर का...

किसान बचतको पिठौली सेवाकेन्द्र सञ्चालनमा

किसान बचतको पिठौली सेवाकेन्द्र सञ्चालनमा
गैँडाकोट । किसान बचत तथा ऋण सहकारी संस्था गैँडाकोटले नवलपरासी (पूर्व)को कावासोतीमा सेवाकेन्द्र विस्तार गरेको छ ।कावासोती नगरपालिका वडा नं. १२ पिठौलीमा २६औं सेवाकेन्द्रको रुपमा पिठौली सेवाकेन्द्र सञ्चालनमा ल्याइएकाे किसान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीहरी चालिसेले जानकारी दिनुभयाे । एशीयाली ऋण महासंघबाट गुणस्तरीय चिन्ह प्राप्त गर्न सफल किसान साकोसले विगत २५ वर्षदेखि निरन्तर सेवा प्रदान गर्दै आएको छ । नवलपुर सहित तीनवटा जिल्लामा सेवा उपलव्ध गराउँदै किसानका ७५ हजारभ...

शेयर बजारमा भारी गिरावट, १०० अंकले घट्यो परिसूचक

शेयर बजारमा भारी गिरावट, १०० अंकले घट्यो परिसूचक
काठमाडौं । शेयर बजार परिसूचक नेप्सेमा ठूलो गिरावट आएको छ । साताको दोस्रो दिन नेप्से सोमबार १००।१० अंकले घटेर २८२०।४१ विन्दुमा झरेको छ । सरकारले कोरोना नियन्त्रणका लागि अपनाएका गतिविधिबाट शेयर बजार बढ्ने अनुमानका बीच यो साता दुई दिन नै बजार ओरालो लागेको हो । सोमबार कारोबार रकम समेत ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार भएको छ । यसबाट लगानीकर्ताले अघिल्लो साता बढेको बजारबाट नाफा बुक गरि बाहिरिएको अनुमान गर्न सकिन्छ । सोमबार कुल २२८ कम्पनीको १ लाख १३ हजार २ सय ५ वटा कारोबार भयो । यो...

सिद्धार्थ बैंक–चितवन मिडटाउन रिसोर्ट सम्झौता

सिद्धार्थ बैंक–चितवन मिडटाउन रिसोर्ट सम्झौता
चितवन  । सिद्धार्थ बैंक र चितवनको भरतपुरस्थित चितवन मिडटाउन रिसोर्ट प्रालिबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट दिनेसम्बन्धी सम्झौता भएको छ ।सम्झौतापत्रमा बैंकका बागमती प्रदेश प्रमुख दुर्गाराज पाण्डे र चितवन मिडटाउन रिसोर्टका प्रबन्ध निर्देशक मदन घिमिरेले हस्ताक्षर गरे । सम्झौताअनुसार बैंकका ग्राहकले चितवन मिडटाउन रिसोर्टमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङ वा इन्टरनेट बैंकिङ प्रयोग गरेबापत होटल बसाइ सेवाको भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट र रेस्टुरेन्ट,...

प्रशासनले आतंकित बनाएको भन्दै किराना व्यवसायी संघ चितवन आन्दोलनमा (विज्ञेप्ती सहित )

प्रशासनले आतंकित बनाएको भन्दै किराना व्यवसायी संघ चितवन आन्दोलनमा (विज्ञेप्ती सहित )
चितवन । बजार अनुमगनका नाममा प्रशासनले व्यवसायीहरुलाई आतंकित बनाएको भन्दै चितवनका किराना व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् ।संघमा आवद्ध व्यवसायीहरुलाई जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको अनुगमन टोलिले पहिलो पटकमै अधिकतम जरिवाना लगाएको, तत्काल जरिवाना रकम बुझाउन चेतावनी दिएको तथा प्रहरी लगाएर पक्राउ गरि चोरी तथा ज्यानमारा जस्तो धम्कीपुर्ण भाषा प्रयोग गरेको भन्दै किराना व्यवसायीहरु रुष्ट बनेका हुन् । शनिवार एक विज्ञेप्ती जारी गर्दै किराना व्...

भरतपुरमा रहेको मुना बचत ऋण सहकारीबाट ठगिए बचतकर्ता

भरतपुरमा रहेको मुना बचत ऋण सहकारीबाट ठगिए बचतकर्ता
प्रकाश सिग्देल चितवन । मुना बचत तथा ऋण सहकारी संस्था भरतपुर १० हाकिम चोकले सयौ बचत कर्ताको लाखौ रुपैया हिनामिना गरेको छ । संस्थामा रकम जम्मा गरेका बचतकर्ताहरुले आफुहरुलाई फकाई फुलाई बचतको नाममा रकम लुटेको गुनासो गरेका छन् । रकम बचत गरेका व्यवसायीहरुले सानातिना ब्यवसाय गरेर जम्मा गरेको रकम झिक्न जादा त्यहाँ कार्यरत कर्मचारीले रकम नै नभएको भनेपछि आफुहरु ठगिएको उनीहरुको भनाई छ । अहिले हुदैन पछि आउनुहोला भनेर फकाउर्दै आएको बचत कर्ताले बताए । एक जना कर्मचारीले हामीले पैसा द...

सौराहाका ७ ओटा होटल तथा रेष्टुरेण्टले पाए ‘टू स्टार’ को मान्यता

सौराहाका ७ ओटा होटल तथा रेष्टुरेण्टले पाए ‘टू स्टार’ को मान्यता
चितवन । चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा गरिएको स्तरीकरणमा ७ ओटा होटल तथा रेष्टुरेण्टले उत्तम तथा ‘टू स्टार’ को मान्यता पाएका छन् ।टू स्टार मान्यता पाउनेमा अल्फ्रेस्को रेस्टुरेन्ट एण्ड सूर्योदय गेष्ट हाउस तथा होटलतर्फ पार्क सफारी, होटल रेन फरेष्ट, सपना भिलेज, जंगल क्राउन, होटल सेभेन स्टार, ल्यान्डमार्क, फरेष्ट पार्क रहेका छन् । होटल तथा रेस्टुरेन्टहरुले प्रदान गर्ने सेवालाई थप प्रभावकारी बनाउन स्तरीकरण गरिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चित...