नवलपुर । मधबिन्दु नगरपालिका टांडिका किसानलाई कोइकाले कृषि औजार हस्तान्तरण गरेको छ । शुक्रवार मध्यबिन्दु नगरपालिका वडा नम्बर ६ टांडिमा आयोजिक एक समारोहमा त्यहाका किसानलाई ६ वटा हाते ट्रयाक्टर र ४९ वटा बिरुवा रोप्ने औजार हस्तान्तरण गरिएको हो ।
औजार हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि मध्यबिन्दु नगरपालिकाका मेयर चन्द्रबहादुर रानाले मेहेनती किसानलाई कृषिमा ब्यबसायीकीकरण गर्न कोइकाले औजार हस्तान्तरण गरेर ठुलो गुन लगाएको बताए ।

औजारको प्रयोगले कृषिको ब्यबसायीकीकरणमा बल पुग्ने उनले चर्चा गरे । नगरपालिका हरतरहले किसानलाई सघाउन लागि परिरहेको भन्दै मेयर रानाले दक्षिण कोरियाली संस्था कोइको निरन्तर सहयोगको अपेक्ष गरे ।प्रबिधि हस्तान्तरणको सहयोगि संस्था गुड नाइभर्सका टिम लिडर लोकबहादुर थारुले दक्षिण कोरियाको संस्था कोइकाले यहाका किसानको जिवनस्तर उकास्न र ब्यबसायिक कृषि खेतीमा सघाउन करिब १० लाख मुल्य बराबरको कृषि औजार ( हाते ट्रयाक्टर र बिरुवा रोप्ने औजार) हस्तान्तरण गरेर कृषकसंग हातेमालो गरेको जानकरी दिए ।

उनले अन्य मध्यबिन्दु नगरपालिकाकै अन्य वडामा सिंचाई , दुग्धबिकास, ब्यबसायिक तरकारी खेतीमा कोइका, गुडनाइर्भस र सहमती संस्थाले औजार र प्राबिधिक सहयोग गर्र्दै आएको सुनाए । सहमती संस्थाले यस्को कार्यान्वयन पक्ष हेर्दै आएको छ ।कृषि औजार पाएर कृषक उत्साहित भएको र ब्यबसायीक खेतीकालागि यस्ले ठुलो फडको मार्न सहयोग पुग्ने स्थानिय किसान रमाकान्त भण्डारीले बताए ।

स्थानिय कृषक रन्नता पौडेलले सहमती र गुड नाइभर्स इन्टरनेसनल ( जीएनआई) जस्ता संस्थाले कृषिको ब्यबसायीकीकरण गर्न र उत्पादन बढाउनेकाममा सहयोग गर्दै आएको सुनाइन ।मध्यबिन्दु नगरपालिकाका उत्कृष्ठ र ब्यबसायिक किसानलाई ति औजार हस्तान्तरण गरिएको हो । कृषि औजारको प्रयोगले ब्यबसायिक खेती र उत्पादन बृद्धि हुने बिश्वास लिइएको छ ।

तपाईको प्रतिक्रिया