×

गैँडाकोट । नवलपुरको गैँडाकोटमा बेवारिसे अवस्थामा ४५ हजार नेपाली रुपैँया फेला परेको छ । गैँडाकोट नगरपालिका वडा नं. ५ काँग्रेसचोकमा ४५ हजार नेपाली रुपैँया फेला परेको काँग्रेस नेता कमलप्रसाद पराजुलीले उज्यालो खबरलाई बताए ।

गैँडाकोट नगरपालिका वडा नं. ४ का ९० बर्षीय बृद्ध रामप्रसाद ओझाले सडकमा फेला पारेको सो नगद रुपैँया कसले खसालेको हो भन्नेबारेमा हालसम्म केहि खुल्न सकेको छैन ।

पैसा हराएका जो कोहिले पनि आफ्नो रकम प्रमाण सहित दावी गर्नका लागि पराजुलीले आग्रह गरेका छन् । पैसा दावी गर्नका लागि कमलप्रसाद पराजुलीको नम्बर ९८४५०४९९२८ मा सम्पर्क गर्न सक्ने उनले बताए ।

तपाईको प्रतिक्रिया