अमेरिकामा हिमआँधीको लफडा २३ को मृत्यु, टेक्सासमा घन्टौंदेखि बिजुली बन्द
एजेन्सी । अमेरिकाका मध्य तथा दक्षिणी राज्यमा आएको हिमआँधीका कारण कम्तिमा २३ जनाको मृत्यु भएको छ भने टेक्सास राज्यका लाखौं मानिस बिजुलीबाट बञ्चित भएका छन्।
मंगलबार आएको आँधीले कोरोना खोप वितरणलाई पनि प्रभावित पारेको छ। यसको असर आइतबारसम्म रहने बताइएको छ।टेक्सास, लुसियाना, केन्टुकी र मिजौरीलगायत राज्यमा कम्तिमा २३ जनाको मृत्यु भएको बताइएको छ। नर्थ क्यारोलाइना, ओरेगन राज्यमा पनि यसको असर परेको छ।
बिजुली नभएपछि मानिसहरूले कोठा तताउन पाएका छैनन् भने इन्टरनेटको पहुँचबाट पनि ब...


