×

अन्तर्राष्ट्रिय/प्रबास

भारतमा टिकटकलगायत ५९ एपमाथि स्थायी प्रतिबन्ध

भारतमा टिकटकलगायत ५९ एपमाथि स्थायी प्रतिबन्ध
काठमाडौं । भारतको इलेक्ट्रोनिक्स तथा सूचना प्राद्योगिकी मन्त्रालयले टिकटकलगायत ५९ चिनियाँ एपमाथि स्थायीरुपमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । यसअघि गत जुन महिनामा गरेको निर्णयलाई स्थायी गरिएको मन्त्रालयले बताएको छ । मन्त्रालयले गत जुन महिनामा यी एपहरुमाथि प्रतिबन्ध लगाउँदै एप निर्माताहरुबाट एपको सुरक्षा र गोपनीयताबारे व्याख्याको लागि समय दिएको थियो । तर, कुनै पनि कम्पनीले बुझाएको जवाफबाट सरकार सन्तुष्ट नभएको मन्त्रालयले बताएको छ । स्थायीरुपमा प्रतिबन्ध लागेका एपहरुमा टिकट...

खोपका विषयमा आत्म केन्द्रीत नबन्न एस्ट्रोजेनेकाको आग्रह

खोपका विषयमा आत्म केन्द्रीत नबन्न एस्ट्रोजेनेकाको आग्रह
काठमाण्डौ । अक्सफोर्ड विश्वविद्यालयसँगको सहकार्यमा कोभिड–१९ को खोपको विकास गरेको बेलायती औषधि उत्पादक कम्पनी एस्ट्रोजेनेकाले खोपको मात्रा प्राप्त गर्ने सम्बन्धमा केही देशहरूले ‘म पहिलो’ दृष्टिकोणलाई प्राथमिकतामा राखेको भन्दै यस धारणाप्रति चासो व्यक्त गरेको छ । एस्ट्रोजेनेकाका प्रमुख कार्यकारी पास्कल सोरियटले ‘दाभोस वर्ल्ड इकोनोमिक फोरम’को विद्युतीयमाध्यममार्फत् सञ्चालित कार्यक्रममा बोल्दै घातक कोरोनाभाइरस महामारीको लागि वैश्विक तयारीको अभाव रहेको बताउनुभयो । ुकोभिड–१९ व...

कर्नाटकमा जिलेटिन लोड गरिएको ट्रक विष्फोट, ८ जनाको मृत्यु

कर्नाटकमा जिलेटिन लोड गरिएको ट्रक विष्फोट, ८ जनाको मृत्यु
काठमाडौं । भारतको कर्नाटक राज्यमा जिलेटिन लोड गरिएको एक ट्रक विष्फोट हुँदा ८ जनाको मृत्यु भएको छ ।मजदुरहरुसमेत सवार सो ट्रक कर्नाटकको शिवमोगा जिल्लामा गएराति सवा १० बजेतिर विष्फोट भएको हो । विष्फोटपछि फैलिएको गन्ध र अँध्यारो भएका कारण उद्धारको काम प्रभावकारी हुन नसकेको बीबीसीले जनाएको छ ।सो स्थानमा विष्फोटक पदार्थहरु भएको हुनसक्ने आशंकामा बम डिस्पोजल टोली पनि झिकाइएको छ । साथै प्रहरीले घटनास्थल वरपरको क्षेत्र नियन्त्रणमा लिएको छ । स्थानीयले विष्फोटको समयमा भूकम्प गएजस्त...

वाइडेनले डब्ल्यूएचओसँगको सम्बन्धलाई निरन्तरता दिने

वाइडेनले डब्ल्यूएचओसँगको सम्बन्धलाई निरन्तरता दिने
काठमाण्डौ । अमेरिकी राष्ट्रपति जो वाइडेनले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओसँगको सम्बन्धलाई निरन्तरता दिनुभएको छ ।उहाँले राष्ट्रपतिको रूपमा कार्यभार सम्हालेको पहिलो दिन नै आदेश जारी गर्दै डब्ल्यूएचओसँगको सम्बन्धलाई निरन्तरता दिने निर्णय गर्नुभएको हो ।यसअघि निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्ल्यूएचओसँगको सम्बन्ध अन्त्य गरिएको घोषणा गर्नुभएको थियो । यस कदमलाई वाइडेनले ट्रम्पको गल्तीलाई सच्याएको रुपमा लिइएको छ ।अघिल्लो राष्ट्रपतिको निर्णयलाई सच्याएकोमा डब्ल्यूएचओका प्रम...

दक्षिण कोरियाका नेपालीलाई कोरोनाको खोप निःशुल्क

दक्षिण कोरियाका नेपालीलाई कोरोनाको खोप निःशुल्क
सउल । दक्षिण कोरिया सरकारले कोरोना विरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्क रूपमा प्रदान गर्ने भएको छ । दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुङ्ग इयुन क्युङले सोमबार आयोजित पत्रकार सम्मेलनमा कोभिड–१९ विरुद्वको खोप कोरियामा रहने सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिकलाई निःशुल्क प्रदान गर्ने बताउनु भएको हो । यसअघि आफ्ना स्वदेशी नागरिकलाई मात्र निःशुल्क प्रदान गर्ने बताए पनि नयाँ निर्णय गर्दै विदेशीलाई पनि उक्त खोप निःशुल्क ...

फुटपाथमा सुतेका मजदुरमाथि ट्रक कुद्दा गुजरातमा कम्तिमा १३ जनाको मृत्यु

फुटपाथमा सुतेका मजदुरमाथि ट्रक कुद्दा गुजरातमा कम्तिमा १३ जनाको मृत्यु
नयाँदिल्ली । भारतीय सञ्चारमाध्यमहरूका अनुसार सुरतनजिकैको कोसाम्बा क्षेत्रको फुटपाथमा सुतेका मजदुरमाथि ट्रक कुदेको थियो। उखु बोकेको ट्याक्ट्ररसँग ठोक्किएपछि ट्रकका चालकले नियन्त्रण गुमाएकाले दुर्घटना भएको बताइएको छ। राजस्थानको बान्सावारा जिल्लाका दैनिक ज्यालादारी गर्ने १८ जना मजदुरहरू फुटपाथमै सुतेका थिए।दुर्घटनामा घाइते भएका अरूलाई अस्पताल लगिएको छ।

कोरोनाका संक्रमितहरु देखिन थालेपछि चीनले पाँच दिनमा १५०० आइसोलेसन सेन्टर बनायो

कोरोनाका संक्रमितहरु देखिन थालेपछि चीनले पाँच दिनमा १५०० आइसोलेसन सेन्टर बनायो
सिजियाङ । चीनको उत्तरी सहर हेबेइको एक सहरमा गएका पाँच दिनमा १ हजार ५०० वटा आइसोलेसन सेन्टरका कोठाहरु निर्माण गरिएको समाचारमा जनाइएको छ । हेबेइ प्रान्तका स्थानीय अधिकारीहरुले शनिबार सो जानकारी दिएका बताइएको छ । एउटा नयाँ बन्न लागेको कारखानाको जमिन प्रयोग गरेर सोही जमिनमा ती आइसोलेसन सेन्टरहरु निर्माण गरिएका बताइएको छ । समाचारमा जनाइएअनुसार चीनमा पछिल्लो समयमा कोरोना भाइरसका संक्रमितहरु देखिन थालेकोले यसका लागि ती स्थानहरुमा आइसोलेसन सेन्टर बनाउने काम थालिएको हो ।चीनको नाङगो...

भारतभर फैलियो बर्ड फ्लु

भारतभर फैलियो बर्ड फ्लु
काठमाडौं । भारतमा बर्ड फ्लुको प्रकोप निरन्तर बढ्दो क्रममा देखिएको छ । भारतका कम्तीमा नौ राज्यमा बर्ड फ्लुको संक्रमण देखिएको छ भने केही राज्यमा भने परीक्षणको नतिजा आउन बाँकी छ । भारतको दिल्ली र महाराष्ट्रमा पनि बर्ड फ्लुको संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । बर्ड फ्लुको संक्रमण देखिएसँगै नयाँ दिल्लीको गाजिपुर होलसेल कुखुराको बजार बन्द गरिएको छ । दिल्लीमा बर्ड फ्लुको कारण दुई सय चरा मरेका थिए । जसमध्ये अधिकांश काग थिए । बर्ड फ्लुको संक्रमण देखिएसँगै ...

 ट्रम्पविरुद्ध महाअभियोग लगाउने तयारी

 ट्रम्पविरुद्ध महाअभियोग लगाउने तयारी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको प्रस्ताव पेश गर्ने तयारी भइरहेको छ । नवनिर्वाचित राष्ट्रपति जो बाइडनले शपथ ग्रहण गर्न नौ दिन बाँकी रहेको बेला राष्ट्रपति ट्रम्पमाथि महाअभियोग लगाउने तयारी भएको हो । महाअभियोग प्रस्तावमा दुई सय बढी डेमोक्रेट सांसदहरुले हस्ताक्षर गरेका छन् । सो प्रस्तावमा अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा मंगलबार मतदान हुने सक्ने डेमोक्र्याट नेताहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । महाअभियोग लगाउने तयारी...