×

अन्तर्राष्ट्रिय/प्रबास

मक्काबाट मदिना जाँदै गरेका ४२ भारतीयको मृत्यु

मक्काबाट मदिना जाँदै गरेका ४२ भारतीयको मृत्यु
काठमाडौं । मक्काबाट मदिना जाँदै गरेको बस दुर्घटना हुँदा ४२ जना भारतीय यात्रुहरूको मृत्यु भएको छ ।साउदी अरबमा सोमबार हैदराबादका यात्रुहरूलाई मक्काबाट मदिना लैजाँदै गरेको बस दुर्घटनामा परेको हो। मृत्यु हुनेमा २० महिला र ११ बालबालिका रहेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार बस डिजेल ट्याङ्करसँग ठोक्किएपछि बसमा आगो लागेको थियो। प्रारम्भिक रिपोर्टहरूमा दाबी गरिए अनुसार, मृत्यु हुने सबै भारतीय हुन्। उनीहरूमध्ये धेरैजसो यात्रु हैदराबादबाट तीर्थयात्रा जाँदै थिए। यो दुर्घटना मद...

सुनको भाउ साढे दुई लाख नाघ्यो

सुनको भाउ साढे दुई लाख नाघ्यो
काठमाडौँ- देशभर आजदेखि सुनको मूल्य पुनः साढे दुई लाख रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँ निर्धारण गरिएको हो। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ५ हजार ९ सय रुपैयाँले बढेको महासंघले जनाएको छ। अघिल्लो दिन सुनको कारोबार प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँमा भएको थियो। महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुनको मूल्य प्रतिऔंस ४२०० अमेरिकी डलर नाघेको छ। यसअघि अन्तर्राष्ट्...

मध्यरातमा बालेनको अशिष्ट स्टाटस

मध्यरातमा बालेनको अशिष्ट स्टाटस
काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले मध्यरातमा आफ्नो सामाजिक सञ्जालमा प्रमुख देशहरू र राजनीतिक दलहरूलाई लक्षित गर्दै एक अत्यन्तै विवादास्पद स्टाटस लेखेर केहीबेरमै हटाएका छन्। उनको उक्त अभिव्यक्तिको स्क्रिनसट अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। उक्त स्टाटसमा उनले अमेरिका, भारत र चीनजस्ता देशहरू तथा प्रमुख राजनीतिक दलहरूलाई लक्षित गर्दै आपत्तिजनक शब्द प्रयोग गरेका थिए। शाहले आफ्नो फेसबुक पेजमा अमेरिका, भारत, चीन तथा एमाले, कांग्रेस, रास्वपा, रा...

लिग-२ एकदिवसीय सिरिजमा अमेरिकासँग खेल्दै नेपाल

लिग-२ एकदिवसीय सिरिजमा अमेरिकासँग खेल्दै नेपाल
काठमाडौं- आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग खेल्दैछ।दुबई अन्तर्राष्ट्रिय रंगशालामा बिहान सवा ११ बजे नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ।लिग-२ को जारी सिरिजमा नेपालले अमेरिकासँग दोस्रो खेल खेल्न लागेको हो। पहिलो खेलमा नेपाल १०६ रनले पराजित भएको थियो। दुई साताअघि टी-२० मा सानदार प्रदर्शन गर्दै विश्वकपमा स्थान बनाएको नेपालको एकदिवसीयमा भने कमजोर देखिएको छ।जारी सिरिजको दोस्रो खेलमा पनि नेपाल युएईसँग पराजित भएको थियो।नेपालले आज ...

प्रवासी भूमिमा नेपाली कलाको उत्सव – ईनास युकेको छैठौं अधिवेशन लन्डनमा सम्पन्न

प्रवासी भूमिमा नेपाली कलाको उत्सव – ईनास युकेको छैठौं अधिवेशन लन्डनमा सम्पन्न
लन्डन । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) युकेको छैठौं अधिवेशन घोषणा सभा तथा विविध सांस्कृतिक कार्यक्रम लन्डनको ट्रामसेड हलमा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष सञ्जयभक्त कँडेलले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा बेलायतका लागि नेपाली कार्यबाहक राजदूत बिपिन दुवाडी उपस्थित रहनुभएको थियो । सो अवसरमा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्व अध्यक्ष कुल आचार्य, एनआरएन यूकेका अध्यक्ष राजेन्द्र पुडासैनी, सामाजिक अभिय...

“इतिहास रच्ने मौका : आज ओमानसँग जित्दा विश्वकप पुग्नेछ नेपाल”

“इतिहास रच्ने मौका : आज ओमानसँग जित्दा विश्वकप पुग्नेछ नेपाल”
काठमाडौं । नेपालले आज आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्स चरणमा ओमानसँग निर्णायक भिडन्त खेल्दैछ । खेल अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा बेलुका ८:४५ बजे सुरु हुनेछ । नेपाल र ओमान दुवै टोली हालसम्म छनोटमा अपराजित छन् । आजको खेलको विजेता टोली आगामी वर्षको टी–२० विश्वकपका लागि प्रत्यक्ष छनोट हुने भएकाले यो खेल दुवैका लागि “फाइनल” सरहको बनेको छ । नेपालले आइतबार यूएईलाई र सोमबार कतारलाई पराजित गरेको थियो । ओमानले पनि सोही क्रममा कतार र य...

अन्ततः दुःखद खबर: विपिन जोशी जीवित नरहेको इजरायली सेनाको पुष्टि

अन्ततः दुःखद खबर: विपिन जोशी जीवित नरहेको इजरायली सेनाको पुष्टि
काठमाडौं । इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीले बताएका छन् ।इजरायली सेना आईडीएफका एक अधिकारीले इजरायलको स्थानीय समय अनुसार आज बिहान साढे ७ बजे विपिन जीवित नरहेको औपचारिक जानकारी दिएका हुन् । ती अधिकारीले इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका विपिनका दाजु किशोर र इजरायलको प्रधानमन्त्री कार्यालयका दुई अधिकारीहरुलाई भिडियो कन्फरेन्समा जोडेर विपिन जीवित नरहेको औपचारिक जानकारी...

दिपेन्द्रको उत्कृष्टतामा यूएईमाथि नेपालको नाटकीय जित

दिपेन्द्रको उत्कृष्टतामा यूएईमाथि नेपालको नाटकीय जित
काठमाडौं - आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत यूएईसँगको खेलमा १ रनको रोमाञ्चक जित हासिल गरेको छ । नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो । यूएईका लागि अलिशान सराफूले अर्धशतकीय पारी खेलेपनि पर्याप्त हुन सकेन । उनले ५८ रन बनाए । ध्रुव पराशरले ३८ रन बनाए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर आसिफ शेखको अर्धशतक मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १४० रन बनाएको थियो । आसिफले ४७ ...

चुनावको राजनीतिक वातावरण तयार गर्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको सुझाव

चुनावको राजनीतिक वातावरण तयार गर्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको सुझाव
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चुनावका लाग राजनीतिक वातावरण तय गर्न सरकारलाई सुझाव दिएका छन् ।चुनावको कार्यतालिका समेत आइसकेको अवस्थामा राजनीतिक दलहरूसँग सरकारको संवाद नै नभइरहेको अवस्थामा राष्ट्रपतिले प्रधानमन्त्री सुशीला कार्कीलाई ध्यानाकर्षण गराएका हुन् । प्रधानमन्त्री कार्की बिहीबार अपरान्ह अर्थमन्त्री रामेश्वर खनाल र सञ्चारमन्त्री जगदीश खरेललाई लिएर राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास गएकी थिइन् ।‘राष्ट्रपतिले भयरहित ढंगल चुनाव हुने वातावरण तय गर्नका लागि सब...