गैँडाकोटको कालिका रिफाइनरीमा मजदुर आन्दोलित, व्यवस्थापनद्वारा २४ जना कामदार बर्खास्त
गैँडाकोट - गैँडाकोट-७ मा अवस्थित कालिका रिफाइनरी प्रालिका मजदुरहरु उद्योग व्यवस्थापनको निर्णयविरुद्ध आन्दोलित भएका छन् । विगत तीन वर्षदेखि निरन्तर काम गर्दै आएका २४ जना मजदुरहरुलाई उद्योगले दशैँको फुलपातिसम्म काम गराएपछि अचानक हाजिरी रोक्दै कामबाट हटाएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
नेपाल स्वतन्त्र आउटसोर्स श्रमिक संगठन चितवनका अध्यक्ष रुकुम बहादुर श्रेष्ठका अनुसार बर्खास्त गरिएका मजदुरमध्ये ५ जना महिला र १९ जना पुरुष रहेका छन् । कुनै जानकारी वा कारण बिना कामबाट निकालिन...


