×

अन्तर्राष्ट्रिय/प्रबास

यूएईमा १६५ मिसाइल र ५४१ ड्रोन प्रहार, एक नेपालीसहित तीनको मृत्यु

यूएईमा १६५ मिसाइल र ५४१ ड्रोन प्रहार, एक नेपालीसहित तीनको मृत्यु
काठमाडौँ - इरानले संयुक्त अरब इमिरेट्स (यूएई)लाई लक्षित गरी गरेको पछिल्लो हवाई आक्रमणमा एक नेपालीसहित तीन विदेशी नागरिकको मृत्यु भएको छ। यूएईको रक्षा मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार आक्रमणमा नेपाल, पाकिस्तान र बंगलादेशका एक/एक जना नागरिकले ज्यान गुमाएका हुन्। मृतकहरूको परिचय हालसम्म सार्वजनिक गरिएको छैन। यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले एक नेपाली नागरिकको मृत्यु भएको सरकारी जानकारी प्राप्त भएको पुष्टि गरे। “एक जना नेपाली नागरिकको म...

इरानभर २०० बढी मारिए, एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

इरानभर २०० बढी मारिए, एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु
काठमाडौं । अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट कम्तीमा १०८ जनाको मृत्यु भएको स्थानीय सरकारी अधिकारीले बताएका छन् । इरानभर भएका हवाई आक्रमणमा भने कम्तीमा २०१ जनाको मृत्यु र ७४७ जना घाइते भएको तथ्यांक छ । राष्ट्रपति मोसुद पेजेस्कियानले विद्यालयमा भएको आक्रमणलाई ‘जंगली कार्य’ र ‘आक्रमणकारीहरूले गरेका असंख्य अपराधहरूको इतिहासमा अर्को कालो पाना’ भनेर टिप्पणी गरेका छन् । इजरायल र अमेरिकाबाट भने विद्यालयमा आक्रमण भएको विषय पुष्टि भए...

इरानको सरकारी मिडियाले भन्यो- आक्रमणमा खामेनीकी छोरी, ज्वाइँ र नाति मारिए

इरानको सरकारी मिडियाले भन्यो- आक्रमणमा खामेनीकी छोरी, ज्वाइँ र नाति मारिए
काठमाडौं। इरानको सरकारी सञ्चार माध्यमले हमलामा सर्वोच्च नेता आयतुल्लाह अली खामेनीकी छोरी, ज्वाइँ र नातिको मृत्यु भएको जनाएको छ। इस्लामिक रिभोलुसनरी गार्ड कोरसँग सम्बन्धित फार्स समाचार एजेन्सीले उल्लेख गरेको छ कि यी आक्रमणमा खामेनीका परिवारका सदस्यहरू मारिएका हुन्।फार्सले थप उल्लेख गरेको छ, “यी हमलामा खामेनीकी एक बुहारीको पनि मृत्यु भएको बताइँदैछ।” यसअघि केही समाचारमा उनकी बुहारी र ज्वाइँको मृत्यु भएको दाबी गरिएको थियो, तर पछि त्यसलाई अस्वीकार गरिएको थियो।हालसम्म इरानी अ...

टी–२० विश्वकपः पाकिस्तानलाई ६१ रनले हराउँदै भारत सुपर एटमा

टी–२० विश्वकपः पाकिस्तानलाई ६१ रनले हराउँदै भारत सुपर एटमा
काठमाडौं । आयोजक भारतले टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणमा लगातार तेस्रो जित निकालेको छ । खेलमा भारतले पाकिस्तानलाई ६१ रनले हराएको हो । योसँगै भारतले सुपर एटमा स्थान पनि बनाएको छ । पराजित भए पनि यसअघिका दुई खेल जितेको पाकिस्तानको पनि सम्भावना भने कायमै छ । भारतले दिएको १७६ रनको लक्ष्य पछ्याएको पाकिस्तान १८ ओभरमा ११४ रनमै अलआउट भयो ।उसका लागि उस्मान खानले ४४ रन बनाउँदा अन्य ब्याट्सम्यान फल्प सावित भए । शादाब खानले १४ रन तथा फहिम अश्रफले १० रन जोड्दा अन्य ब्याट्सम्यानले ...

आप्रवासी भिसामा अमेरिकाको रोक, नेपालसहित ७५ देश सूचीमा

आप्रवासी भिसामा अमेरिकाको रोक, नेपालसहित ७५ देश सूचीमा
काठमाडौँ । अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (इमिग्रेन्ट) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले बुधबार सार्वजनिक गरेको निर्णयअनुसार जनवरी २१ देखि यो व्यवस्था लागू हुनेछ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोका अनुसार नोभेम्बरमा जारी गरिएको बृहत्तर आदेशअनुरूप सम्भावित रूपमा अमेरिकी सरकारमाथि आर्थिक भार पर्न सक्ने आप्रवासीहरूको भिसा प्रक्रिया अस्थायी रूपमा रोकिएको हो। यसअघि लागू गरिएको ४० देशमाथिको अध्यागमन तथा यात्रा प्रतिबन्धलाई...

नेपाली विद्यार्थीलाई अस्ट्रेलियाको कडा सन्देश: अब भिसा सजिलो छैन

नेपाली विद्यार्थीलाई अस्ट्रेलियाको कडा सन्देश: अब भिसा सजिलो छैन
काठमाडौं। अस्ट्रेलियाले नेपालसहित केही दक्षिण एसियाली देशका विद्यार्थीलाई उच्च जोखिम (हाइ रिस्क) श्रेणीमा राख्दै विद्यार्थी भिसा जाँच प्रक्रिया कडा बनाएको छ। अस्ट्रेलियाको शिक्षा विभागले उच्च जोखिममा रहेका देशका विद्यार्थीमाथि थप निगरानी र कडाइ गर्ने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। नयाँ व्यवस्थाअनुसार नेपाल, भारत, बंगलादेश र भुटानका विद्यार्थीको भिसा प्रक्रिया अब थप कागजात र कडा परीक्षणपछि मात्रै अगाडि बढाइनेछ। यद्यपि भिसा प्रक्रिया पूर्ण रूपमा रो...

सुनको भाउले नाघ्यो २ लाख ७० हजार, हालसम्मकै उच्च

सुनको भाउले नाघ्यो २ लाख ७० हजार, हालसम्मकै उच्च
काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनको भाउले नयाँ रेकर्ड बनाउने क्रम जारी राखेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो कारोबार दिन आइतबारका लागि तोकिएको सुनको भाउ हालसम्मकै सर्वाधिक हो । यस दिन सुन प्रतितोला १ हजार ३ सय रुपैयाँ बढेर २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।यसअघि शुक्रबार पनि सुन तोलामा १ हजार ८ सय रुपैयाँ बढेर २ लाख ६९ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो । त्यसैगरी चाँदीको भाउले पनि आज तोलाको २ सय ७० रुपैयाँले बढेर ४ हजार ८ ...

गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपालीको मृत्यु

गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपालीको मृत्यु
काठमाडौं । भारत गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा परी चार नेपालीको पनि मृत्यु भएको खुलेको छ । सो घटनामा कुल २५ जनाको मृत्यु भएको छ भने ६ जना घाइते छन् ।घटनामा मृत्यु हुने २० जना क्लबका कर्मचारी हुन् भने उनीहरूमध्ये चार जना नेपालका नागरिक भएको गोवा सरकारले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । हिन्दुस्तान टाइम्सका अनुसार आगलागीमा परी मृत्यु हुने नेपालीहरुमा चुर्णबहादुर पुन, विवेक कटवाल तथा सविन र सुदीप छन् । उनीहरु नेपालका भनिए पनि ठेगाना ...

गैँडाकोटको पर्यटनमा फेरि चहलपहल: मौलाकाली केबलकार शनिबारदेखि सञ्चालन हुने

गैँडाकोटको पर्यटनमा फेरि चहलपहल: मौलाकाली केबलकार शनिबारदेखि सञ्चालन हुने
नवलपुर – जेन्जी आन्दोलनका क्रममा भदौ २४ गते भएको आगजनी तथा तोडफोडका कारण दुई महिनाभन्दा बढी समयदेखि अवरुद्ध मौलाकाली केबलकार अब पुनः सञ्चालनमा आउने भएको छ। मौलाकाली केबलकार प्रालिले एक सूचना जारी गर्दै आवश्यक सबै प्राविधिक परीक्षण तथा मर्मत कार्य पूरा भएको हुँदा आउँदो शनिबारदेखि सर्वसाधारणका लागि केबलकार नियमित रूपमा सञ्चालनमा ल्याइने जानकारी दिएको छ। गैँडाकोटस्थित मौलाकाली मन्दिरको मुख्य आकर्षण मानिने यो केबलकारका क्षतिग्रस्त उपकरणहरूको विस्तृत परीक्षण तथा मर्मतका लागि अष्ट...