×

अन्तर्राष्ट्रिय/प्रबास

क्यानडा र पोर्चुगलका लागि राजदूत नियुक्त

क्यानडा र पोर्चुगलका लागि राजदूत नियुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले क्यानडा र पोर्चुगलका लागि राजदूत नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले संविधानको धारण २८२ को उपधारा १ बमोजिम क्यानडाका लागि भरतराज पौडेल र पोर्चुगलका लागि सनिल नेपाललाई राजदूत नियुक्त गरेका हुन् । मन्त्रिपरिषद्को सिफारिसअनुसार यसअघि नै उनीहरूको संसदीय सुनुवाइको प्रक्रिया पूरा भइसकेको थियो । क्यानडाका लागि नियुक्त भएका राजदूत पौड्याल निवर्तमान परराष्ट्र सचिव हुन् ।

अष्ट्रेलियामा नेपाली युवकविरूद्ध पक्राउ पुर्जी जारी

अष्ट्रेलियामा नेपाली युवकविरूद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । अष्ट्रेलियन प्रहरीले एकजना नेपाली युवकविरूद्ध पक्राउ पुर्जी गरेको छ।अष्ट्रेलियाको औबर्न प्रहरीले २६ वर्षीय रिदम भट्टचनविरूद्ध मंगलबार पक्राउ पुर्जी जारी गरेको हो।औबर्न प्रहरीले फेसबुकमा रिदमको तस्बिर राख्दै उनीविरूद्ध दूरसञ्चार कसुरमा पक्राउ पुर्जी जारी भएको जानकारी दिएको हो। त्यहाँको प्रहरीले अपरेशन अमरोक चलाएर उनीविरूद्ध खोजी तीव्र पारेको जनाएको छ। अपरेशन घरेलु हिंसा र सम्बन्धित अपराध लक्षित राज्यव्यापी अपरेशन रहेको प्रहरीले जनाएको छ।उनी यसअघि पनि गेम्ब्लिङ र ...

काम गर्दै पढ्ने सपना बोकेर क्यानडा पुगेका विद्यार्थीको बिचल्ली

काम गर्दै पढ्ने सपना बोकेर क्यानडा पुगेका विद्यार्थीको बिचल्ली
काठमाडौं। काम गर्दै पढ्ने र पढाइका लागि पैसा जोहो गर्ने उद्देश्यले क्यानडा गएका विद्यार्थीहरू अहिले अप्ठ्यारोमा पर्न थालेका छन्।विशेषगरी १२ कक्षा पढेर क्यानडामा पढ्न, बस्न र खान पुग्ने पैसा नलिई गएकाहरू ठूलो तनावमा परिरहेको गैरआवासीय नेपाली संघका अध्यक्ष माधव दुलालले बताए। कतिपय विद्यार्थी अलपत्र परेका छन्। कतिले चरम आर्थिक र मानसिक तनावका कारण आत्महत्या प्रयाससम्म गरेका छन्।दुलालका अनुसार क्यानडामा आर्थिक समस्यामा परेका केही विद्यार्थीको उद्धार पनि गरिएको छ। यस्तै विद्यार...

माछापुच्छ्रे बैंक द्वारा कतारमा सेवा बिस्तार

माछापुच्छ्रे बैंक द्वारा कतारमा सेवा बिस्तार
माछापुच्छ्रे बैंकले कतारमा आफ्नो सेवा शुभारम्भ गरेको छ । कतार स्थित होटल र्याडिसन ब्लुमा एक कार्यक्रमका बिच बैंकले आफ्नो सेवाको औपचारिक शुभारम्भ गरेको हो । कतारको अलफरदान एक्स्चेन्ज सगँको ब्यबसायिक साझेदारीमा कतारमा रहेका नेपालीहरु माझ सेवा सुरु गरिएको बैंकका नायब प्रमुख अधिकृत बिश्वम्भर न्यौपानेले जानकारी दिनु भयो । पश्चिमाञ्चलको पहिलो क बर्गको कमर्शियल बैंक माछापुच्छ्रे बैंकले कतारबाट रेमिट्यान्स सेवासगै सम्पुर्ण बैंकिंग सेवा उपलब्ध गराउने जनाएको छ ।   कार्यक्रमम...

कोरियन भाषा परीक्षाका लागि आवेदन दिएकाहरूको रजिस्ट्रेशन नम्बर परिवर्तन

कोरियन भाषा परीक्षाका लागि आवेदन दिएकाहरूको रजिस्ट्रेशन नम्बर परिवर्तन
काठमाडौँ । कोरियन भाषा परीक्षाका लागि आवेदन दिएकाहरूको रजिस्ट्रेशन नम्बर परिवर्तन भएको छ ।उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिएकाहरूको यसअघि कायम भएको रजिस्ट्रेशन नम्बर परिवर्तन भएको ईपीएस कोरिया शाखाले जनाएको छ । उत्पादनमूलक क्षेत्रका लागि पुस २ गतेदेखि ६ गतेसम्म र पुस १६ गतेदेखि २० गतेसम्म सन् २०२३ को कोरियन भाषा परीक्षाको आवेदन फाराम खुलेको थियो । त्यसका लागि १ लाख ६४ हजार भन्दा बढिले आवेदन दिएका थिए । परिवर्तित नयाँ रजिस्ट्रेशन नम्बर फाराम भर्दाको वेबसाइट https://eoe...

अन्तर्राष्ट्रिय विद्यार्थी कटौती गर्ने क्यानडाको घोषणा, नेपाली विद्यार्थी प्रभावित हुने

अन्तर्राष्ट्रिय विद्यार्थी कटौती गर्ने क्यानडाको घोषणा,  नेपाली विद्यार्थी प्रभावित हुने
काठमाडौं । क्यानडाले आगामी दुई वर्ष अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भर्नामा उल्लेख्य कटौतीको घोषणा गरेको छ ।क्यानडाका सञ्चार माध्यमहरूका अनुसार नयाँ घोषणापछि लगभग ३ लाख ६४ हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरू अध्ययनको लागि क्यानडा प्रवेश गर्न पाउनेछन् । सन् २०२३ को तुलनामा यो ३५ प्रतिशतले कमी हो । सन् २०२५ को लागि यो संख्या सन् २०२४ को स्थिति मूल्याङ्कन पछि तय गरिनेछ । कटौतीको यो प्रतिशत अन्टारियो लगायतका केही प्रान्तहरूमा ५० प्रतिशतभन्दा बढी हुनेछ । सन् २०२२ अन्तर्राष्ट्रिय...

क्यानडामा नेपाली विद्यार्थीलाई सकस , भैरहवाका विद्यार्थीको उद्धार गरि नेपाल फर्काइयो

क्यानडामा नेपाली विद्यार्थीलाई सकस , भैरहवाका विद्यार्थीको उद्धार गरि नेपाल फर्काइयो
टोरण्टो ।पढ्नका लागि क्यानडा पुगेका भैरहवाका एक विद्यार्थीलाई एनआरएनए क्यानडाको पहलमा उद्धार गरि नेपाल पठाइएको छ ।सिदार्थनगर नगरपालिका वडा नं.८ का एक युवालाई आइतबार उद्धार गरि नेपाल पठाइएको हो । पढ्न आएका उनको पढाईको अतिरिक्त आफुले सोचे जस्तो काम नपाए पछी डिप्रेसनमा पर्दै गएका थिए । करिब १ बर्ष अगाडि सफ्टवेयर टेक्नोलोजी विषय पढ्न सेन्टेनियल कलेज, स्कारब्रो, टोरण्टो आएका उनी डिप्रेसनमा पर्दै गएको उनिसङै कोठामा बस्ने साथी सागर मानन्धरले जानकारी दिए । शुरूवातमा उनको व्यबहार र...

नेपाल-भारत विद्युत व्यापार: के हुन् ‘नेपाल-भारत’ ऊर्जा सचिवस्तरीय बैठकले गरेका आठ निर्णय ?

नेपाल-भारत विद्युत व्यापार: के हुन् ‘नेपाल-भारत’ ऊर्जा सचिवस्तरीय बैठकले गरेका आठ निर्णय ?
चितवन। नेपाल–भारत उर्जा सचिव स्तरीय संयुक्त निर्देशक समितिले आठ निर्णय गरेको छ । चितवनको मेघौलीमा सम्पन्न समितिको ११औं बैठकले विभिन्न आठ वटा निर्णयहरु गरेको हो । बैठकमा नेपाल–भारतबिचको मौजुदा विद्युत् प्रसारण लाइनहरु, निर्माणाधीन तथा प्रस्तावित अन्तर्देशीय प्रसारण लाइन, भारतीय लगानीका आयोजना तथा सम्बद्ध प्रसारण लाइन लगायतका विषयमा छलफल गरिएको थियो । ऊर्जा सचिव गोपालप्रसाद सिग्देल तथा भारतका ऊर्जा सचिव पंकज अग्रवालको सहभागितामा बैठक सम्पन्न भएको हो । अब नेपालको जलविद्युतलाई...

भारतीय विदेशमन्त्री जयशंकर नेपालमा

भारतीय विदेशमन्त्री जयशंकर नेपालमा
काठमाडौं । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतका विदेशमन्त्री एस जयशंकर काठमाडौं आइपुगेका छन् ।उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्री एनपी साउद र परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले स्वागत गरेका छन् । भारतीय वायु सेवाको विशेष विमानमार्फत् आएका जयशंकरले आजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने क...