×

अन्तर्राष्ट्रिय/प्रबास

विश्वकपको उपाधि अर्जेन्टिनालाई

विश्वकपको उपाधि अर्जेन्टिनालाई
काठमाडौं । अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि जितेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक नाटकीय खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि उचालेको हो ।यसअघि सन् १९७८ र १९८६ को विश्वकप जितेको अर्जेन्टिनाको यो तेश्रो उपाधि हो र उसले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको हो । टाइब्रेकरमा पहिलो पेनाल्टी फ्रान्सका केलियन एम्बाप्पेले गोलमा परिणत गरे ।त्यसपछि अर्जेन्टिनाका लियोनेल मेस्सीले गोल गरे ।तर फ्रान्सका लागि दोस्रो पेनाल्टी हानेका...

विश्व कप फुटबलको उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स खेल्दै

विश्व कप फुटबलको उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स खेल्दै
काठमाडौं ।  फिफा विश्व कप फुटबलको उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स खेल्दैछन् । खेल कतारको लुसेल मैदानमा नेपाली समय अनुसार आज राति पौने ९ बजे सुरु हुनेछ । अर्जेन्टिना पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले र फ्रान्स दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २–० गोलले पराजित गरी फाइनलमा पुगेका हुन्। यी दुई देश पहिलो पटक विश्व कपको फाइनलमा खेल्न लागेका छन् । फ्रान्स विश्व कपको साविक विजेता टोली पनि हो । त्यस्तै विश्व कपमा ८ वर्षपछि फाइनल पुगेको अर्जेन्टिना सन् १९८६ पछि विश्व कपको ...

फ्रान्समा आवासीय भवनमा आगलागी हुँदा १० जनाको मृत्यु

फ्रान्समा आवासीय भवनमा आगलागी हुँदा १० जनाको मृत्यु
फ्रान्स । फ्रान्सेली शहर लियोन नजिकै रहेको भाउल्क्स–एन-भेलिनमा रहेको एक आवासीय भवनमा शुक्रबार बिहान आगलागी हुँदा पाँच बालबालिकासहित १० जनाको मृत्यु भएको छ । भोल्क्स–एन–भेलिनस्थित सात तले आवासीय भवनमा आगलागी भएको हो । आगलागीपछि १७९ अग्नि नियन्त्रक घटनास्थलमा परिचालन गरिएका थिए । आगलागी भएको स्थानमा सुरक्षा घेराबन्दी गरिएको थियो । विद्युत सर्ट हुँदा आगलागी भएको अनुमान गरिएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ ।

आज तेस्रो स्थानका लागि क्रोएशिया र मोरोक्को खेल्दै, फाइनल खेल ‘हेभिवेट’ बीच भिडन्त

आज तेस्रो स्थानका लागि क्रोएशिया र मोरोक्को खेल्दै, फाइनल खेल ‘हेभिवेट’ बीच भिडन्त
कतार ।फिपा विश्वकप फूटवल अन्तर्गत कतारमा जारी खेलमा शनिवार क्रोएशिया र मोरोक्कोबीच खेल हुने भएको छ ।सेमी फाइनलमा पराजित भएका ती दुवै राष्ट्रले तेस्रो स्थानका लागि खेल्न लागेका हुन् । खालिफा स्टेडिएममा उक्त खेल राति पौने नौ बजे शुरु हुनेछ । सेमिफाइनलमा क्रोएशिया अर्जेन्टिनासँग ३ - ० ले पराजित भएपछि मोरोक्कोसँग भेट भएको हो । सेमिफाइनलमा मोरोक्को भने फ्रान्ससँग २- ० ले पराजित भएको थियो । यी दुवै राष्ट्रको टोलीको समूह चरणमै भेट भएको थियो । उक्त खेल बराबरी गर्दै दुवै टिमले अ...

ब्राजिल र क्रोएसिया तथा अर्जेन्टिना र नेदरल्याण्ड्स भिड्दै

ब्राजिल र क्रोएसिया तथा अर्जेन्टिना र नेदरल्याण्ड्स भिड्दै
काठमाडौं । दुई दिनको विश्रामपछि कतारमा जारी फिफा विश्वकप २०२२ मा आजदेखि क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछन् । आज पहिलो र दोस्रो क्वाटरफाइनल खेल हुनेछ । पहिलो क्वाटरफाइनल क्रोएसिया र ब्राजिलबीच राति पौने ९ बजे सुरु हुनेछ । यो खेल एजुकेसन सिटी स्टेडियममा हुनेछ । यस्तै मध्यराति पौने १ बजे सुरु हुने दोस्रो क्वाटरफाइनलमा नेदरल्याण्ड्स र अर्जेन्टिना आमने-सामने हुनेछन् । यो खेल लुसेल आइकोनिक स्टेडियममा हुनेछ । यी दुई क्वाटरफाइनलका विजेता सेमिफाइनलमा भिड्नेछन् । यस्तै अर्जेन्टिन...

फिफा विश्वकप : आज मोरक्को र स्पेन तथा पोर्चुगल र स्वीटजरल्याण्ड भिड्दै

फिफा विश्वकप : आज मोरक्को र स्पेन तथा पोर्चुगल र स्वीटजरल्याण्ड भिड्दै
काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज क्वाटरफाइनल चरण अघिका अन्तिम दुई खेल हुँदैछन् ।आज मोरक्को र स्पेन तथा पोर्चुगल र स्वीटजरल्याण्डबीच खेल हुनेछ । यी दुई खेलपछि अन्तिम १६ को खेलहरु सकिनेछन् र क्वाटरफाइनल चरण पूरा हुनेछ । समूह एफको विजेता मोरक्को र समूह ईको उपविजेता स्पेन बीचको खेल राति पौने ९ बजे एजुकेसन सिटी स्टेडियममा सुरु हुनेछ । ३६ वर्षपछि नकआउट चरण पुग्ने क्रममा अपराजित रहेको मोरक्कोले समूह विजेता बन्ने क्रममा बेल्जियम र क्यानडालाई हराएको थियो भने ...

आईसीसी क्रिकेटमा नेपालले आज स्कटल्याण्डसँग खेल्दै

आईसीसी क्रिकेटमा नेपालले आज स्कटल्याण्डसँग खेल्दै
काठमाडौं । नामिबियामा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग टु शृंखलामा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ ।नेपाल र स्कटल्याण्डबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा सुरु हुनेछ । नामिबिया विरुद्धको पहिलो खेल वर्षाका कारण प्रभावित बनेपछि नेपालले एक अंक पाएको थियो । स्कटल्याण्डले भने शृंखलाको पहिलो खेलमै नामिबियालाई पराजित गरेको थियो । नेपाल स्कटल्याण्डको त्यो लयलाई रोक्न चाहन्छ ।

कोरियन भाषा परीक्षाका लागि खुल्यो आवेदन

कोरियन भाषा परीक्षाका लागि खुल्यो आवेदन
काठमाडौं ।  कोरियन भाषा परीक्षाका लागि आवेदन फारम खुलेको छ।  श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कोरियाको रोजगार तथा श्रम मन्त्रालयबीच समझदारी भएअनुसार कोरियामा नेपाली नागरिकलाई कामदारका रूपमा पठाउन उम्मेदवार छनोटका लागि भाषा परीक्षा सञ्चालन गर्न लागिएको हो। इच्छुक नेपाली नागरिकले भाषा परीक्षाका लागि निवेदन दिन सक्ने इपिएस कोरिया शाखा ग्वार्को ललितपुरले सूचना निकालेर जानकारी गराएको छ। भाषा परीक्षा पहिलो चरणको कृषि तथा पशुपालन क्षेत्रका लागि माघ १६ देखि माघ २७ ग...

जी–२० शिखर सम्मेलन आजदेखि इन्डोनेसियाको बालीमा सुरु हुँदै

जी–२० शिखर सम्मेलन आजदेखि इन्डोनेसियाको बालीमा सुरु हुँदै
एजेन्सी । विश्वका ठूला र आर्थिक रुपमा उदाउँदै गरेका देशहरुको समूह जी–२० को शिखर सम्मेलन आजदेखि इन्डोनेसियाको बालीमा सुरु हुँदैछ ।सम्मेलनमा भाग लिन विभिन्न देशका प्रमुख इन्डोनेसिया पुगेका छन् । ‘रिकभर टुगेदर, रिकभर स्ट्रोङ्गर’ भन्ने मुख्य नाराका साथ शिखर सम्मेलन सुरु हुँदैछ । आज र भोलि हुने जी–२० नेताहरूको शिखर सम्मेलनमा विश्वव्यापी स्वास्थ्य संरचना, दिगो ऊर्जा सङ्क्रमण र डिजिटल रूपान्तरण गरी तीन वटा मुख्य प्राथमिकताका विषयमा छलफल केन्द्रित हुनेछ । सम्मेलनमा रुसले युक्रे...