यूएईद्वारा नेपालसामु ३११ रनको विशाल चुनाैती
काठमाडौँ । आईसीसी विश्वकप लिग-२ को अन्तिम खेलमा यूएईले नेपाललाई ३११ रनको विशाल लक्ष्य दिएको छ।काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार टस जितेर ब्याटिङ रोजेको यूएईले ६ विकेटको क्षतिमा ३१० रन बनाएको हो। युएईका लागि आसिफ खानले विस्फोटक शतक प्रहार गरे। उनले ४२ बलमा १०१ रन बनाए।
त्यस्तै भृत्य अरविन्दले ९४, मुहम्मद वासीमले ६३ र रोहन मुस्ताफाले २० रन बनाए।नेपालका लागि दीपेन्द्रसिंह ऐरीले दुई, सोमपाल कामी, ललित राजवंशी र सन्दीप लामिछानेले एक–एक विकेट लिए।
लिग–२...


