×

चितवन – सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ (लक्की ड्र) मा चितवनको भरतपुरका युवा व्यवसायी तथा सञ्चारकर्मी राजकुमार लामिछाने भाग्यशाली विजेता बनेका छन्।

लामिछानेले भरतपुरस्थित एक स्थानीय मेडिकलबाट १४० रुपैयाँको औषधि खरिद गरी QR कोड मार्फत भुक्तानी गरेका थिए। सोही खरिदको बिल लक्की ड्रमा छनोट भएपछि उनले नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका हुन्।

सामान वा सेवा खरिद गर्दा अनिवार्य बिल लिने र डिजिटल माध्यम (QR) बाट भुक्तानी गर्ने बानीले उपभोक्तालाई सरकारी प्रोत्साहन कार्यक्रममार्फत यस्ता अवसर र पुरस्कार दिलाउन सक्छ भन्ने उदाहरण यो घटनाले प्रस्तुत गरेको छ।

तपाईको प्रतिक्रिया