मकवानपुर- मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा आइतबार साँझ टाटा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेको थियो। प्रहरीले मृतकहरूको पहिचान अझै हुन बाँकी रहेको जनाएको छ भने दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।



उज्यालो खबर




