×

मकवानपुर- काठमाडौं–हेटौंडा जोड्ने छोटो राजमार्गमा आइतबार साँझ भीमफेदी गाउँपालिका–६, जुरीखेतमा जिप दुर्घटना भएको छ। प्रहरीले जनाएको छ कि दुर्घटनामा संलग्न ना १ ज १७७८ नम्बरको टाटा सुमो जिप सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेको हो।

जिपमा सवार ९ जनामध्ये ६ जना पुरुष, १ महिला, १ बालिका र १ बालक घाइते भएका छन्। प्रहरीले बताएको छ कि घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर छ भने बालक र बालिकाको अवस्था मध्यम छ।

इलाका प्रहरी कार्यालय भीमफेदीले सबै घाइतेलाई उद्दार गरी हेटौंडा उपचारका लागि पठाएको छ।

तपाईको प्रतिक्रिया