नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ समेत जोडिएको ललितपुर महालक्ष्मी स्थानमा रहेको मितेरी सहकारी ठगी प्रकरणको अनुसन्धान सकेर प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा उपसभापति गुरुङको संलग्नताबारे प्रमाण फेला नगरेकोले उनलाई मुद्दाका चलाउने राय दिइएको छैन । सीआईको अनुसन्धानबाट गुरुङले उन्मुक्ति पाएका छन् ।
केन्द्रीय अनुन्सन्धान ब्युरोले अनुसन्धान सकेर आज बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको हो । सीआईबीको अनुसन्धान प्रतिवेदन अध्ययनपछि सरकारी वकिल कार्यालय जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गर्नेछ ।
सहकारी ठगी प्रकरणमा ११ जनालाई प्रतिवादी बनाउनु पर्ने रायसहितको अनुसन्धान प्रतिवेदन बुझाइएको सीआईबीका एसएसपी होविन्द्र बोगटीले बताए ।‘हाम्रोतर्फको काम सकाएर प्रतिवेदन बुझाएका छौं । अब को–कसलाई कसरी मुद्दा लाने भन्ने निर्णय सरकारी वकिल कार्यालयले गर्नेछ,’ एसएसपी बोगटीले भने ।
सहकारी ठगी प्रकरणमा ११ जनालाई प्रतिवादी बनाउन प्रहरीले राय दिएको छ । कांग्रेसका उपसभापति धनराज गुरुङलाई भने उन्मुक्ति दिइएको छ । उनलाई प्रतिवादी बनाउन सीआईबीले सुझाएको छैन ।यसबारे जिज्ञासा राख्दा सीआईबीका एक अनुसन्धान अधिकृतले भने कुनै प्रमाण फेला नपरेकाले प्रतिवादी नबनाइएको बताए ।



उज्यालो खबर




