काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर सभा यही असार २९ गते दिउँसो बोलाइएको छ । बैठक करिब ४५ सेकेण्ड जतिमै टुंगिएको थियो ।६ महिनापछि बसेको कार्यपालिका बैठकमा मेयर बालेन साहले एउटामात्र एजेण्डा प्रस्तुत गरेका छ्न् । उनले नगरसभा अधिवेशन आइतबार दिउँसो २ बजे साथै त्यही दिन बिहान ९ बजे कार्यपालिका बैठक बस्ने घोषणा गरे ।
बैठकका लागि २४ वटा एजेण्डा गएपनि नगरसभासम्बन्धी एउटामात्र विषय भएको बताए ।यसअघि आजै बजेट सीमा निर्धारण समिति र राजश्व परामर्श समितिको बैठक बसेको थियो । बैठकले आर्थिक वर्ष २०८२र८३ का लागि करिब २५ अर्ब ११ करोड बजेटको सीमा निर्धारण गरेको थियो ।चालू आर्थिक वर्षको तुलनामा पूर्वाधार विकासमा बजेट थप गर्ने राजश्व परामर्श समितिले निर्णयसमेत गरेको छ ।



















उज्यालो खबर










