×

काठमाडौं । बम बिस्फोटपछि व्यक्ति हत्याको आरोपमा जिल्ला अदालत रौतहटबाट जन्मकैद पाएका पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता अफताब आलम उच्च अदालत वीरगञ्जले आदेश उल्ट्याइदिएपछि रिहा हुन लागेका छन् । आलमलाई स्वागत गर्न कांग्रेसका कार्यकर्ताहरु फूलमाला लिएर पुगेका छन् ।

बुधबार उच्च अदालतले जिल्लाको फैसला उल्ट्याउँदै आलमलाई सफाइ दिएको थियो ।

गौर कारागार रौतहटमा रहेका आलम रिहा हुन लागेका हुन् । उनी रिहा हुने भएपछि कारागार अगाडी कांग्रेसका नेता कार्यकर्ताहरुको ठूलो भीड लागेको छ। नेता आलमले कारागारको दोस्रो तल्लाबाट हात हल्लाउँदै समर्थकलाई धन्यवाद ज्ञापन गरेका छन् । स्रोतका अनुसार अहिले कागजी प्रक्रिया पुरा भइरहेको छ, अबको केही बेरमा उनी रिहा हुनेछन् ।

तपाईको प्रतिक्रिया