चितवन । उद्योग वाणिज्य संघ चितवनको नजिकिदै गरेको ५७ औँ बार्षिक साधारणसभा तथा अधिवेशनमा वाणिज्य तर्फको उपाध्यक्षमा उमेदवारी दिएका सफल युवा व्यवसायी राजेन्द्र ओलीको पक्षमा माहोल बन्दै गएको पाइएको छ ।उद्योग बाणिज्य चितवनका द्धितीय उपाध्यक्ष ओलीले बाणिज्य तर्फको उपाध्यक्ष पदमा उमेदवारी दिएसँगै बजारमा उनको चर्चा चुलिएको छ । मुग्लिन देखि माडी र पुल्चोक देखि टाँडीका ब्यवसायीहरुले यसपटकको निर्वाचनमा ओलीको पक्षमा मत दिएर ब्यवसायीहरुको हितका लागि उनलाई लगाउनुपर्ने बताउछन् ।
पौष २१ गतेदेखि शुरु हुने साधारणसभा तथा अधिवेशनमा व्यवसायीको हकहितलाई अगाडि बढाउन र व्यवसायीलाई एकतामा बाध्न उपाध्यक्ष पदमा उम्मेदवारी दिएको ओलीको भनाई छ । ‘चितवनमा व्यावसायिक वातावरण बनाउन र जस्तो सुकै परिस्थितिमा पनि व्यवसायीलाई एक ठाउँमा उभ्याउन उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय लिएको ओलीले बताउनुभयो।’ सामाजिक तथा व्यवसायीक रुपमा संलग्न रहेका ओली दस वर्ष देखि उद्योग वाणिज्य सघंमा रहेर व्यवसायीहरुको हकहितका लागि लड्दै आइरहनु भएको छ।
ओली अहिलेको उद्योग वाणिज्य संघ चितवनको द्वितीय उपाध्यक्ष हुनुहुन्छ । यस्तै बैंक, वित्त तथा विमा समिति नेपाल उद्योग वाणिज्य महासंघ, काठमाण्डौंको आमन्त्रित सदस्य,प्लास्टिक व्यवसायी संघको पुर्व अध्यक्ष, रोटरी क्लब अफ नारायणगढको पुर्व अध्यक्ष, नेपाल भारत मैत्री संघ जिल्ला शाखा चितवनको उपाध्यक्ष, सुइरो कार्यक्रम नारायणगढका सल्लाहकार, नारायणगढ बस व्यवस्थापन तथा टोल सुधार समितिका सल्लाहकार, मंगलपुर बचत तथा ऋण सहकारी संस्था लि. को सल्लाहकार र नारायणी कला मन्दिर, नारायणगढको आजिवन सदस्य समेत रहनुभएको छ ।उहाँ ओली प्लास्टिक, प्लाष्टो टेक नेपाल प्रा. लि, आशिर्वाद पाईप ईण्डष्ट्रिज प्रा. लि, निको चिल्ड्रेन्स हस्पिटल प्रा. लि र प्लाष्टो टेक नेपाल ट्रेडिंग प्रा. लि. को सञ्चालक समेत हुनुहुन्छ ।

उज्यालो खबर