गैंडाकोट । गैंडाकोट ६ मा रहेको श्री भाग्योदय प्राथमिक विद्यालयका पूर्व प्रधानाध्यपक स्व। जगदिश अधिकारीको २८ औं पुण्य स्मृति दिवसमा विद्यालयका छात्र छात्राहरूलाई लेखन सामाग्रीहरू हस्तान्तर गरिएको छ ।स्व। अधिकारीको पुण्य स्मृति दिवस कार्यक्रममा शिक्षा क्षेत्रमा उहाँको योगदानका विषयमा चर्चा गरिएको थियो ।
विद्यालयको कामले परासी जाँदा वस दुर्घटनामा परि अधिकारीको निधन भएको थियो । कार्यक्रममा विद्यालय संचालक समितिका पूर्व अध्यक्ष नरहरी सापकोटाले पूर्व प्रधानाध्यापक अधिकारीको योगदानको चर्चा गर्दै मानवमा हुनुपर्ने सम्पूर्ण आचरण उहाँमा भएको र आफुले यस्तो शिक्षक अहिलेसम्म कही नदेखेको बताउनु भयो ।
स्व। अधिकारीको २८ औ पुण्य स्मृति दिवसमा प्रमुख अतिथी रहनुभएका रेडियो संकेतका स्टेशन म्यानेजर तथा बिभिन्न सामाजिक संघ संस्थामा आवद्ध समाजसेवी सुजन अधिकारीले आफु सानै रहेको अवस्थामा बुवालाई गुमाउनु विडम्वना भएको बताउनु भयो । त्यो दिन स्कूलको काममा विहानै ६ बजे घरबाट जानुभयो र दुर्घटना पर्नुभयो । हामीले अभिभावक गुमायौं । तर २८ वर्षसम्म पनि स्कूलले हाम्रा बुवालाई सम्झिरहेकोमा हामी विद्यालयप्रति आभारी छौं र धन्यवाद दिन चाहन्छौ ।
स्व। पुर्व प्रअ अधिकारीको पुण्य स्मृति दिवसका अवसरमा अधिकारी परिवारले विद्यालयलाई प्रदान गरेको अक्षयकोषमा थप रु २१ हजार रकम समेत प्रदान गरेको छ । कक्षा ५ सम्म अध्यापन गराइने उक्त विद्यालयमा एकसय विद्यार्थीहरू अध्यायन गरिरहेका छन । स्व। पुर्व प्रअ अधिकारीको पुण्य स्मृति दिवसका अवसरमा विद्यालयका सम्पूर्ण विद्यार्थीहरुलाई स्टेशनरी हस्तान्तरण गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेशप्रसाद सापकोटाले पूर्व प्रअ अधिकारीको स्मरण गर्दै उहाँको योगदानलाई विद्यालयले सँधैभरी सम्झिरहने बताउनु भयो । कार्यक्रमको संचालन विद्यालयका प्रधानाध्यापक डिल्लिराम अम्बैले गर्नुभएको थियो ।

उज्यालो खबर