×

चितवन । चितवनमा  निर्माण भैरहेको प्रेस चौतारी चितवनको भवनलाई एमाले युवा नेता ऋषिकेश रेग्मीले आर्थिक सहयोग गरेका छन् ।
प्रेस चौतारीको देशकै पहिलो निर्माणाधीन भवनलाई एमाले नेता रेग्मीले नगद १५ हजार आर्थिक सहयोग गरेका हुन् ।

श्रमजीवी पत्रकारहरूको सबैभन्दा ठूलो संगठन प्रेस चौतारीको भवन निर्माण हुँदै गरेकोमा पत्रकारहरूलाई उर्जा र हौसला थप्न आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने नेता रेग्मीले प्रतिवद्दता ब्यक्त गरे । उनले भवन निर्माणमा सबैले आआफ्नो ठाउँबाट सकेको सानो/ठुलो सहयोग गर्न सबैलाई अपिल गरे ।

चौतारीको देशकै पहिलो भवन भएकोले देशभरका चौतारीमा आवद्व पत्रकारहौले सहयोग गर्ने विश्वास लिएको उनको भनाई छ । प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले भवन निर्माणको कार्य तीब्र गतिमा अगाडि बढेको भन्दै सबैको साझा प्रयास, सहयोग र प्रयत्नबाट भवनलाई पूर्णता दिने बताए । अध्यक्ष पण्डितले भवन निर्माणमा आर्थिक सहयोग गर्ने एमाले युवा नेता रेग्मीलाई संगठनको तर्फबाट धन्यवाद दिँदै सबैको सहयोगको अपेक्षा गरिएको बताए ।

समाजसेवी केशव कार्कीले उपलब्ध गराएको झण्डैं ७० लाख पर्ने १० धुर जग्गामा प्रेस चौतारी चितवनले भवन बनाइरहेको छ । भवनको माथिल्लो डीपीसी सकेर पिलरको काम भैरहेको छ । असार दोस्रो हप्तासम्म ढलान गर्ने योजना रहेको चौतारी चितवनका अध्यक्ष पण्डितले जानकारी दिए ।

तपाईको प्रतिक्रिया