चितवन । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले असोज महिनाको न्युनतम महशुल छुट दिने भएको छ । बुधवार भएको पद हस्तान्तरण पछि बसेको नया कार्यसमितिको पहिलो बैठकले न्यूनतम १० हजार लिटर पानी प्रयोग गरेवापत न्यूनतम मासिक ११० रुपैया शुल्क मिनाहा गर्ने निर्णय गरेको सचिब प्रताप डल्लाकोटीले जानकारी दिए । बुधबारनै नव निर्वाचित पदाधिकारीलाई पद स्तान्तरण,सपथग्रहण तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
निर्वतमान अध्यक्ष भीष्मराज पौडेलले नवनिर्वाचित अध्यक्ष माधवप्रसाद अर्याललाई पद हस्तान्तरण गरेका थिए । पदभार ग्रहण गरे लगतै बसेको नयाँ निर्बाचित समितिको बैठकले असोज महिनाको न्यूनतम महसुल छुट दिने निर्णय भएको सचिव प्रताप डल्लाकोटीले जानकारी दिए । सो संस्थाले न्यूनतम १० हजार लिटर पानी प्रयोग गरेवापत न्यूनतम मासिक ११० रुपैया शुल्क लिने गरेको छ ।



















उज्यालो खबर










