×

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशन भोलिदेखि काठमाडौंमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने यस महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको र निर्वाचन कार्यतालिका समेत सार्वजनिक भइसकेको पार्टीले जनाएको छ।

केन्द्रीय निर्वाचन आयोगका अनुसार नयाँ नेतृत्व चयनका लागि आगामी असार ९ गते मंगलबार मतदान हुनेछ। मतदानको समय बिहान साढे ८ बजेदेखि दिउँसो ३ बजेसम्म तय गरिएको छ भने मतदान सकिएको दुई घण्टाभित्रै मतगणना सुरु गरिने कार्यतालिका छ।

 महाधिवेशनबाट रास्वपाको नयाँ केन्द्रीय समिति कूल १५८ सदस्यीय बन्नेछ। जसमा ९९ जना सदस्यहरू निर्वाचन प्रक्रियाबाट चुनिएर आउनेछन् भने ५१ जना सदस्यलाई सभापतिले मनोनीत गर्नेछन्। बाँकी ७ सदस्यका रूपमा सातै प्रदेशका प्रदेश सभापतिहरू स्वतः केन्द्रीय समितिमा समेटिनेछन्।

 पार्टीको माथिल्लो तहमा यसपटक १ जना सभापति र १ जना वरिष्ठ नेतासहित १९ जना पदाधिकारी रहनेछन्। जसमा ३ उपसभापति (१ महिला अनिवार्य), २ महामन्त्री, ५ सहमहामन्त्री (१ महिला अनिवार्य), १ कोषाध्यक्ष, २ सहकोषाध्यक्ष, १ प्रवक्ता र ३ जना सहप्रवक्ता रहने व्यवस्था गरिएको छ।

त्यस्तै, सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष र प्रवक्ता स्वतः पार्टीको सचिवालय सदस्य बन्नेछन् भने बाँकी सचिवालय सदस्यहरू सभापतिले नै मनोनीत गर्ने विधानमा उल्लेख छ।

तपाईको प्रतिक्रिया