
चितवन – भरतपुर महानगरपालिका–१२ मा रहेको आइएसएमटी कलेज चितवनले माघेसंक्रान्तिको अवसरमा माघ १ गते कलेजमा आइएसएमटी म्युजिक फेस्ट २०२५ आयोजना गर्ने भएको छ ।कलेजका व्यवसाय विकास प्रमुख बासुदेव ओस्तीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै म्युजिक फेस्ट हुने जानकारी गराएका हुन् ।
विद्यार्थीहरुलाई मनोरञ्जन गराउने उद्देश्यले आयोजित म्युजिक फेस्टमा कलेजका विद्यार्थीहरुले कला, गीत र नृत्य प्रस्तुत गर्ने छन् । उक्त कार्यक्रममा चर्चित ब्याण्ड ‘द इलिमेन्ट्स’ को पनि प्रस्तुति रहने छ ।आइएसएमटी ग्रुपले काठमाडौँ, चितवन, पोखरा, विराटनगर र बुटवलमा युनिभर्सिटी अफ सन्डरल्याण्डसँगको सम्बन्धनमा कलेजहरु सञ्चालन गरेको छ ।
ती कलेजमा बिबिए, बिएचएम, बिएस्सी, आइटी, साइबर सेक्युरिटी र डिजिटल फरेन्सिक र एमबिए कार्यक्रम सञ्चालन गरिरहेको छ ।