
चितवन । पूर्वपश्चिम रेलमार्गको सर्भे गर्न आएको भन्दै चितवनको भरतपुरमा गुगल म्याप अपडेटका लागि अध्ययन गर्न आएका निजी कम्पनीको गाडीमा आगजनि गरिएको गरिएको छ ।
भरतपुर महानगरपालिका–७ कृष्णपुरको पलटिङ क्षेत्रमा काठमाण्डौँको आरएस इन्जिनियरिङ सोलुसन प्रालिका कर्मचारी चढेको वागमती प्रदेश–०१–०३० च ७१९० नम्बरको कारमा स्थानीयले आगजनी गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार, गुगल म्यापको सर्भे गर्दै पुगेका बारा जितपुर सिमरा उपमहमानगरपालिका बस्ने २१ बर्षिय अजित बस्नेत (नेभिगेटर) र धादिङ गल्छी गाउँपालिका ८ बस्ने ३५ बर्षिय दिलीप तामाङ चढेको गाडीमा आक्रोशित भिडले आगोलागि गरेका हुन् । उनीहरुको गाडी पूर्ण रुपमा क्षतविक्षेत भएको छ ।
आगोलागी भएपछि भरतपुर महानगरपालिकाको दमकल गएर कार निभाएको थियो ।तीन दिनदेखि भरतपुरमा आएर गुगल म्यापको अपडेट गरिरहेको कार चालक तामाङले बताए । सर्भे गर्दै कृष्णपुरको नगरप्लटिङमा पुग्दा आफुहरुलाई नियन्त्रणमा लिएको उनले बताए ।
‘हामी गुगल म्याप अपडेट गर्न आएको तीन दिन भयो । हामी गाडीमा थियौँ । त्यहाँका चार पाँच जना मान्छेले छेकेर गाडी रोक्न भने,’ उनले भने ‘हामीले रेलमार्ग अध्ययन गर्न आएका होइनौँ भनेर पेपर देखाउँदा पनि पत्याएनन् ।’ उनीहरुले एक जनाको निजि घरमा लगेर आधा घण्टा नियन्त्रणमा राखेको उनले बताए । तर, गाडी जलाएको विषयमा आफुलाई थाहा नभएको उनले बताए । ‘काम गर्दा गर्दै हामीलाई उनिहरुले रोके । हामीले अफिसमा फोन गरेर भन्यौँ । उत्ताबाट प्रहरीलाई फोन गरेपछि हामीलाई प्रहरीले उद्वार ग¥यो,’ उनले भने ‘गाडी जलाएको विषयमा हामीलाई थाहा छैन ।’ आवश्यक कागजपत्र र क्यामेरा गाडीमा नै रहेको उनले बताए ।
यहाँका स्थानीयहरु प्रस्तावित रेलमार्गको बिरोधमा छन् । उनीहरु संघर्ष समिति नै बनाएर आन्दोलोलनमा उत्रिएका छन् । सरकारबाट अनुमति लिएर रेलमार्गको सर्भे गर्न आएको बताएपछि स्थानीयहरु आक्रोशित भएर गाडीमा आगजनी गरेको रेलमार्ग पीडित सघर्ष समितिका सचिव दिव्य नेपालले जानकारी दिए । ‘उनीहरुसंग आधिकारीक कागजपत्र केही रैनछ । स्थानियलाई रेल मार्गकै रैछ भन्नेभयो । मान्छेको भिडभाड बढ्यो,’ उनले भने ‘आक्रोशित भिडले गाडी नियन्त्रणमा लिएर जलाएछन् ।’ घटनालाई अहिले जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ । गुगल म्याप अपडेट गर्न आएका दुई जनालाई प्रहरीले सुरक्षित राखेको छ ।