×

चितवन – चितवनमा जेठ १८ गतेबाट सुरु भएको अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी आजबाट सकिएको छ । अन्र्तराष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्र चितवनमा नेपाल पोल्ट्री महासंघ र इण्डीया पोल्ट्री इक्युपमेन्ट एशोसियसनको संयुक्त आयोजनामा प्रदर्शनी भएको थियो । तीन दिनसम्म चलेकोे प्रदर्शनीको प्रमुख उद्देश्य नेपालको पोल्ट्री क्षेत्रको समग्र विकास गर्न नवीनतम अत्याधुनिक प्रविधिहरु भित्र्याउने रहेको थियो ।

प्रदर्शनी सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ । प्रदर्शनीमा नाम दर्ता गरेर मात्रै ६ हजार र उद्घाटनको अवसरमा २ हजार गरी ८ हजार जनाले अवलोकन गरेका छन् ।अपेक्षा गरेभन्दा राम्रो भएकोे नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्ट बताउँछन् । उनका अनुसार विदेशबाट आएका पाहुनाहरुले पनि सन्तुष्टि जनाएका छन् ।

प्रदर्शनीमा १५० भन्दा बढी स्वदेशी तथा विदेशी प्रदर्शकहरुले नवीनतम प्रविधिहरुको प्रदर्शनी गरेका थिए । प्रदर्शनीमा नेपाल, भारत, जर्मनी, बेल्जियम, नेदरल्याण्ड, चीन, अमेरिका, टर्की, मलेसिया, सिंगापुर, ताइवान, इटली, इजरायल, बंगलादेश लगायत विभिन्न देशका पोल्ट्रीसँग सम्बन्धीत कम्पनीहरुको स्टल रहेका थिए ।

तपाईको प्रतिक्रिया