×

 

 

काठमाडौं । कामना सेवा विकास बैंकको मुख्य वित्तीय सूचकहरुमा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकको नयाँ निर्देशन बमोजिम थप प्रोभिजन गर्दा समेत वितरणयोग्य मुनाफामा उल्लेख्य बृद्धि देखिएको हो ।

राष्ट्र बैंकले गत माघ १ गतेदेखि लागू हुने गरी कर्जा वर्गीकरणसम्बन्धी व्यवस्थामा परिमार्जन गरेको थियो । पछिल्लो व्यवस्था बमोजिम खराब कर्जामा वर्गीकरण भइसकेको ऋणलाई ‘स्तरोन्नती गर्न’ ६ महिना पर्खनुपर्ने हुन्छ ।

कुनै पनि कर्जा एक पल्ट निष्कृय वर्गमा वर्गीकरण भएपछि पुरानो ब्याज तथा किस्ता भुक्तानी गरेपछि सक्रीय वर्गमा परिणत गर्ने पुरानो अभ्यास थियो । तर अब निष्कृय कर्जालाई सक्रीय वर्गमा वा निष्कृय वर्गकै कम प्रोभिजन लाग्ने शीर्षकमा वर्गीकरण गर्न पुरानो दायित्व तिरेर मात्रै पुग्दैन ।

भाखा नाघेको पुरै पैसा तिरेपछि पनि अर्को ६ महिनासम्म नियमित किस्ता वा ब्याज भुक्तानी भएको हुनुपर्ने छ । त्यसपछि मात्रै बैंकले कर्जाको वर्गीकरणलाई ‘स्तरोन्नती’ गर्न पाउने छ । कामना सेवाले उक्त व्यवस्थाको पालना गरेको स्वघोषणा आफ्नो वित्तीय विवरणमा उल्लेख गरेको छ । यसबाट बैंकको प्रा्भिजन रकम १।४२ प्रतिशत बढ्न गएको बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया