विज्ञान कार्की
एडिलेड-महजोडि चर्चित वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य एक दशक पछि एडिलेडको मञ्चमा दर्शक माझ आउने भएका छन्।एसके इभेन्ट्स एडिलेडद्वारा आयोजना गरिएको, बहुप्रतीक्षित महजात्रा एडिलेड जुन ७ मा आइकोनिक क्याप्री थिएटर गुडवुडमा हुने भएको छ।
मह जोडीको साथमा सम्मानित वरिष्ठ कलाकार नरेन्द्र कंसाकार, किरण केसी र कुन्ती मोक्तानले मनोरञ्जन र सांस्कृतिक उत्सवको अविस्मरणीय साँझको प्रतिज्ञा गर्नेछन्।ऐतिहासिक क्याप्री थिएटर गुडवुडमा आयोजना हुने पहिलो नेपाली कार्यक्रमलाई महत्वको साथ हरिएको छ ।
यस प्रतिष्ठित स्थलमा दिग्गज नेपाली कलाकारहरुको प्रस्तुतिको साथ, ूमहाजात्रा एडिलेडू आफ्नो सांस्कृतिक समृद्धि र हास्य प्रस्तुतिले दर्शकहरूलाई इतिहास रच्न तयार रहेको एसके इभेन्ट्स एडिलेडका प्रबन्ध निर्देशक कमल थापा मगरले बताए ।शीर्षक प्रायोजकको रूपमा एक्सपर्ट एजुकेसनल एंड भिसा सर्विस जोडिएको छ।
एक्सपर्टका प्रबन्धक रुपक बर्तौलाले यो महत्वपूर्ण कार्यक्रमलाई सफल बनाउन साझेदारीलाई सुदृढ गर्दै यस ऐतिहासिक क्षणको हिस्सा बन्ने र एडिलेडको स्टेजमा अन्य पौराणिक कलाकारहरूसँग महा जोडीको जादूको साक्षी हुने मौका बन्नूहुन र यस कार्यक्रममा जोड़ीन पाउदा ख़ुशी ब्यक्त गरेका थिए।



उज्यालो खबर




