×

चितवन । भरतपुरको चौबिसकोठीदेखि पुलचोकसम्म प्रभातफेरि गरिएको छ ।राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५९ औं वार्षिकोत्सवको अवसरमा शनिवार प्रभातफेरि गरिएको हो ।भरतपुरको चौबिसकोठी स्थित भरतपुर शाखाबाट सुरु गरिएको कार्यक्रम नारायणगढको पूल्चोकमा पुगेर सम्पन्न भएको छ । प्रभातफेरिमा जिल्ला स्थित सम्पूर्ण शाखाका कर्मचारीहरुको सहभागिता रहेको भरतपुर शाखा प्रवन्धक सबिनराज अधिकारीले जानकारी दिए ।

उनले ग्राहकमैत्री सेवा र ब्यवहारलाई प्राथमिकतामा राख्दै भरतपुर शाखा नयाँ भवनबाट सञ्चालनमा आएको जानकारी पनि दिए । पुरानो भवन जीर्ण बन्नुका साथै पार्किङलगायतको समस्या हुुँदा नजिकै नयाँ स्थानबाट सेवा सुरु गरिएको उनको भनाइ छ ।

कार्यक्रममा सेवाग्रहीलाई बैँक तथा आर्थिक कारोवारको विषयमा सजग गराउने प्ले कार्डहरू प्रदर्शन गरिएको थियो । ‘देखासिकीमा खर्च गर्न हौसिने बानीलाई निरुत्साहित गरौं’, ‘नोटमा केही नलेखौं नोट सफा राखौं’, ‘कमाई नहेरी खर्च बढी गर्नेले दुःख पाउँछ, फजुल खर्च गर्नेले’, अबको बैंकिङ मोवाइल बैंकिङ’ जस्ता नाराहरु समेटिएको प्ले कार्डसहित कर्मचारीहरुको प्रभातफेरिमा सहभागिता रहेको थियो । विसं। २०२२ माघ १० गते स्थापना भएको राष्ट्रिय वाणिज्य बैँक लिमिटेडले ६ दशक लामो सेवा अवधि पूरा गरेको छ ।

तपाईको प्रतिक्रिया