×

काठमाडौं । कामना सेवा विकास बैंकको खुद नाफा दोहोरो अंकले वृद्धि भएको छ । बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

विवरणअनुसार चालु आवको पुस मसान्तसम्ममा बैंकले २५ करोड ८९ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा भने ३२.१९ प्रतिशत बढी हो । गत आवको दोस्रो त्रैमासमा बैंकले १९ करोड ५९ लाख ७१ हजार रुपैयाँ नाफा कमाएको थियो ।समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी घटेपनि नेट फि तथा कमिसन र संचालन नाफा बढेको छ, जसले गर्दा खुद नाफा वृद्धिमा टेवा पुगेको देखिन्छ ।

पुस मसान्तसम्ममा बैंकको नेट फि तथा कमिसन २५.६६ प्रतिशत बढेर १२ करोड ३२ लाख र संचालन नाफा ३२.४ प्रतिशत बढेर २१ करोड १९ लाख ९७ हजार रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य नाफा १७ करोड ४५ लाख २७ हजार रुपैयाँ पुगेकोछ ।हाल बैंकको चुक्ता पुँजी ३ अर्ब २८ करोड ११ लाख रुपैयाँ कायम भएको छ । बैंकले जगेडा कोषमा पनि १ अर्ब ५१ करोड ८८ लाख रुपैयाँ राखेको छ ।

 

तपाईको प्रतिक्रिया