×

चितवन । उद्योग बाणिज्यसंघ चितवनलाई चुनावको चटारोले छोएको छ । यहि पौष २३ गते हुने संघको ५७ औँ बार्षिक साधारणसभा तथा अधिवेशन मार्फत नयाँ नेतृत्वमा आउनका लागि हाल कार्यसमितीमा रहेका पदाधिकारीहरुविच प्रतिष्पर्धा हुने देखिएको छ ।

सहमतिका लागि आन्तरिक प्रयास र छलफलहरु चलेको भएपनि त्यसले कुनै निकास दिने संकेत हालसम्म देखिएको छैन । संघको नेतृत्वका लागि अध्यक्ष पदमा संघका बरिष्ठ उपाध्यक्ष सुमन श्रेष्ठ र उपाध्यक्ष सिरिष पन्त विच कडा प्रतिष्पर्धा हुने भएको छ ।

उद्योगबाणिज्य संघ चितवनमा १८ वर्षदेखि आवद्ध भएका श्रेष्ठले यसपटक अध्यक्ष पदमा बाजी मार्नको लागि आन्तरिक लभिङ तिव्र बनाएका छन् भने उवासंघमा विगत ८ वर्षदेखि आवद्ध रहेका पन्तले बस्तुगतसंघको समेत नेतृत्व गरेको अनुभव र सम्बन्धका आधारमा आफुलाई बलियो उमेदवारको रुपमा उभ्याएका छन् ।

त्यसैगरी संघको बरिष्ठ उपाध्यक्षमा चिरञ्जिवी सुवेदी र राजन पियाले चाहना राखेका छन् सुवेदी उवासंघमा २० वर्षदेखि आवद्ध ब्यवसायी हुन् भने पिया १० वर्षदेखि लगातार संघको कार्यसमितिमा छन् । त्यसैगरी उद्योग बाणिज्यसंघको प्रथम ब्यवसायी राजेन्द्र ओलीको नाम बाहिर आएको छ ।

क्षेत्रपुरको होटल दियालो फुडल्याण्डमा हुने संघको अधिवेशनमा तीनहजार एकजना ब्यवसायीहरुले नेतृत्व चयनका लागि मतदान गर्ने कार्यक्रम रहेको छ । संघका तीनहजार सातसय बढी सदस्यहरु रहेको भएपनि पौष १० गतेसम्म नविकरण भएकाहरु मात्रै मतदाताको रुपमा भाग लिन पाउने ब्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया