×

बद्री अर्याल

ढड्डिघारि छिचोले पछि आउने नन्द भाउजुताल त्यसैको दाहिना किनारै किनारको सालघारि कटेपछि पुगिने चुरेपहाडको फेदिमा उठेको सानो ढिस्को वरिपरि काठको घेरबार अनि बिचमा काठै -काठैको फलिकाले बनेको सानो घर,दायाँगेटको तगारो छेवैमा श्री खड्गदल गण सुरक्षा पोष्ट साईलि माईलि लेखेको साईन बोर्ड,एउटा सानो सैनिक ब्यारेक छेउमा पुग्दा घडिमा बिहानको ११:४५बजेको थियो।

मेघौलि देखि गोलाघाट सम्म राप्तीनदिमा बोटिङ त्यसपछि जंगलवाकिङको लागि अनुमति लियर नेचर गाइडका केहि साथीहरु समेत दिनभरिका निम्ति जंगल घुम्न निस्केका हामि त्यहा पुग्दा अलिक शुरक्षीत महशुस गर्दै थियौ।फुर्सद भयो कि फोन खेलाउने आदत भएका हामि मोबाइल झिकि कल गर्न खोज्दा थाहा पायौं कुनैपनि नेटवर्क नटिप्ने ठाउँ रहेछ।

पानी खाई केहि समय थकाइ मार्ने बाहनाले अडिएका भएतापनि ड्युटीमा रहेका सैनिकसङग गफिने मेरो मनसाय थियो।डडेलधुरा स्याउले घर बताउने हवल्दारसापबाट चितवन राष्ट्रिय निकुञ्ज शुरक्षाका दौरान नरभक्षि बाघ,भालु,गैडा हात्ती,लगायतका जनावरसङग जम्काभेट हुँदाका क्षणहरुमा बाल बाल बचेको बयान सुन्दा जंगल घुम्न कस्सिएर निस्केका हाम्रै केहि साथी त्रशित बनेको पनि देखियो।सुकिभार पोष्टमा रहदा धुर्बे हात्तीको आक्रमणबाट मुस्किलले बाँचेको अनि धुर्ब पोष्ट्मा रहदा आफ्नै टोलि कमान्डरलाई धुर्बे हात्तीले झुक्याएर आक्रमण गरि मार्दाको त्यो बिभत्स दृश्यको बर्णन सुन्दा आङ नै सिरिङग बनायो।सेनाको बर्दि पहिरिएपछि साथि मर्यो भन्दैमा जिम्मेवारी छाडेर हिड्न मिल्दैन सर१के गर्नु यहि पोष्टकै नजिकै एउटा साथीलाई गैडाले हानेर मार्यो।जतिसुकै सावधानी अपनाय पनि हिस्रक जनावर बाट बच्न मुस्किल पर्छ।हिउदको ठण्डि,बर्षाद्को भेल,चैत्र बैशाखको उखर्माउलो गर्मि के दिन के रात हप्तामा सातै दिन,बार्है महिना,बार्है काल यतिकै दौड्नु पर्छ।बिषम परिस्थितिहरु मा समेत अबिचलित रहि अविच्चिन्न रुपमा निकुञ्ज शुरक्षामा खट्टिएका हवल्दारसाप को दृढ आत्मबिश्वास देख्दा मन गर्बिलो बन्यो। निकुञ्ज शुरक्षाको जिम्मेवारीलाई सामान्य सम्झने मेरो अहिले सम्मको बुझाईलाई त्यो छोटो बार्तालापले पुर्णबिराम लगाई सकेको थियो।

टेम्पल टाईगर हुदै सेरि पुगेर फर्कने भनेर हिडेका हामिले फायरलायनको बाटोमा ठुलो आर्मि झोला बोकेर हिडिरहेका अधिकृत सहितको अर्को गस्ती टोलीलाई समेत भेटेयौ।दक्षिणी सिमा स्तम्भ अनुगमन तथा चुरे पहाड ईलाकामा हप्ता दिन बन्दा बढि बिशेष स्विप अपरेसनबाट फर्किदै गरेको त्यो टोलिले बिहानको खाना खाने तयारी गरिरहदा दिनको साढे एक बजि सकेको थियो।गस्तीमा निस्कने हाम्रा प्रत्येक टोलिहरु हरेक बखत ट्रायाकिङ सिस्टमबाट मोनिटर भईरहेका हुन्छन्,यस चितवन राष्ट्रिय निकुञ्ज सुरक्षा टोलिले मात्रै पनि हरेक दिन १५००किलोमिटर भन्दा बढि दुरि पार गरेको सिस्टमले देखायको हुन्छ,टोलि कमान्डर सैनिक अधिकारिले बताए।चितवन राष्ट्रिय निकुञ्ज भित्र गस्तीमा हिड्ने सैनिकहरुले पार गर्ने प्रत्येकदिनको दुरि त,पुर्बमेचि देखि पश्चिम्महाकाली पुगेर पुनह मेचि फर्किए जतिकै दुरि पो हुदो रहेछ।त्यो कुरा सुन्दा अचम्म लाग्यो।

सेरि नपुग्दै नारायणी तिरै तिर डुङ्गाबाट गस्ति गर्दै फर्किदै गरेका अर्को सैनिक गस्ति टोलिसङ्ग भेट भयो।बाघमारा छेउछाउमा आईपुग्दा खोरिया मुहान देखि हात्तीबाट स्विपको कार्वाही गर्दै गरेको अर्को गस्ति टोलि समेत भेटियो।

बिश्वसम्पदा सुचीमा सुचिकृत नेपालका दुई ओटा राष्ट्रिय निकुञ्जहरुमा चितवन राष्ट्रिय निकुञ्ज बिश्वमै दुर्लभ एकसिङगे गैडाका निम्ति प्रख्यात छ।यहि निकुञ्जको सेरोफेरोमा सयौं जंगल लज लगायत हजारौं होमस्टे हरु संचालनमा रहेका छन।बाताबरण सन्तुलनमा पुर्याउने योगदानका अलवा पर्यटक हरुले जिप तथा पैदल सफारि गरे बापत राज्यले करोडौं रकम राजस्व बापत प्रत्यक्ष आम्दानी गर्दै आएको छ। साच्चिकै भन्नु पर्दा चितवनको पहिचान भन्नु नै यहि चितवन राष्ट्रिय निकुञ्ज बनेको छ।

निकुञ्जको सामुन्ने रहेको जङ्गल छेउको मचानमा बसेर साथीहरुले राप्ती नदिलाई नियाल्दै साझलाई रंगिन बनाई रहदा आफुलाई भने तिनै बर्दिधारि सैनिकहरुकै सम्झनाले पछ्याई रह्यो,जो दशकौ देखि यसैगरी कुदिरहेका छन।प्रकृति संरक्षणमा नेपालीसेनाले पुर्याएको योगदानका बारेको बर्णन र त्यस्को प्रशंसा मेरो लेखनिको क्षमताभित्र पर्दैन त्यो अतुलनीय छ। निकुञ्ज सुरक्षा डिउटिमा खटिएका बखत विभिन्न समयमा जिवन उत्सर्ग गर्ने ति बिरात्मा हरुको स्मृतिले मन भारि बनायो। ति सबै-सबैलाई सलाम जस्को रगत र पशिनाले नै हामीले यो सम्पदालाई हाम्रो चितवनको हो भन्न पाएका छौ।

  (पत्रकार अर्याल फोटो पत्रकार महासंघका केन्द्रीय सदस्य हुन् )

तपाईको प्रतिक्रिया