×

काठमाडौं । अमेरिकी चर्चित इलेक्ट्रीक कार निर्माता कम्पनी टेस्लाले अहिलेकोभन्दा ३० प्रतिशत कम मूल्यमा किन्न सकिने नयाँ मोडल बजारमा ल्याउने भएको छ । कम्पनीले ल्याउने नयाँ मोडलको उत्पादन जर्मनीमा रहेको प्लान्टमा हुने भएको हो ।

कम्पनीले टेस्ला गिगा बर्लीनमा ‘नेक्ट जेनेरेशन अफोडेवल कार’ बनाउने रिपोर्टहरु बाहिर आएका छन् । कम्पनीले ल्याउने नयाँ ईभीको मूल्य २५ हजार डलर हाराहारीको हुनेछ ।

टेस्लाले जर्मनीमा रहेको आफ्नो गिगा प्लान्टबाट यूरोपियन बजारका लागि मोडल वाई उत्पादन गर्दै आएको छ । त्यही प्लान्टमा ब्राण्डकै सबैभन्दा कम मूल्यको मोडल पनि उत्पादन गर्ने भएको हो ।

मासले किन्न सक्ने मोडल ल्याउन लागेको जानकारी यसअघि पनि कम्पनीका सीईओ इलन मस्कले दिएका थिए । उनले त्यतिबेला नयाँ मोडलका बारेमा बताउँदै भनेका थिए, ‘कुल, ब्यूटीफुल र सहर केन्द्रित हुनेछ ।’

टेस्लाले बनाउने नयाँ अफोडेबल कार अटोनोमस रोवोट्याक्सी जस्तै हुने बताइन्छ । निकै कन्भेसनल डिजाइनमा तयार हुने भएको कारण यसले धेरैको मन जित्ने रिपोर्टहरुमा दावी गरिएको छ ।

मास केन्द्रित भएकै कारण यसको उत्पादन पनि ब्यापक हुने रिपोर्टमा उल्लेख छ । सम्भवत यो कार उत्पादन सुरु भएकै वर्ष १० लाखभन्दा बढि उत्पादन गर्ने लक्ष्य टेस्लाले लिएको छ । जुन कुरा सीईओ मस्कले पनि बताइसकेका छन् ।

तपाईको प्रतिक्रिया