काठमाडौं । नेपालमा पहिलो पटक इलेक्ट्रीक स्कुटरको ब्याट्री, चार्जर र स्कुटरको छुट्टाछुट्टै मूल्य निर्धारण गरेर बिक्री सुरू भएको छ ।एनआइयू इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता इको इन्फिनिटीले गोभा एफ ६०० स्कुटरको ब्याट्री, स्कुटर र चार्जरको मूल्य छुट्टाछुट्टै सार्वजनिक गरेको हो ।
इको इन्फिनिटीले गत नाडा अटो शो २०२३ मा गोभा एफ ६०० को नौलो तरीकाले मूल्य निर्धारण गरेर सार्वजनिक गरेको थियो ।कम्पनीले सिंगल ब्याट्री, स्कुटर र चार्जरको मूल्य ३ लाख ६ हजार रुपैयाँ निर्धारण गरेको हो । कम्पनीले ७२ भोल्ट २० एम्पियर अवार क्षमतको लिथियम आयोन ब्याट्रीको मूल्य ७८ हजार रुपैयाँ तोकेको हो ।
नेपालमा इलेक्ट्रीक सवारी साधन किन्दा ब्याट्रीको नै आधा मूल्य पर्छ भन्ने भ्रम रहेको छ । तर, एनआइयूले तोको ब्याट्रीको मूल्यका अनुसार ब्याट्रीको पूर्ण स्कुटरको लगभग २६ प्रतिशत मात्र पर्ने देखियो ।त्यस्तै, ब्राभो इलेक्ट्रीक स्कुटर बिक्रेता कम्पनी जम्बो मोटरलेसमेत ७२ भोल्ट २० एम्पियर आवरको ब्याट्रीलाइ ८५ हजारदेखि उपलब्ध रहेको जनाएको छ ।
नेपालमा धेरै बिक्री हुने इलेक्ट्रीक स्कुटर सेगवेका ब्याट्रीहरू स्कुटरको मूल्यको ३० देखि ३५ प्रतिशतसम्म हुन आउने कम्पनीले बताएको छ । कम्पनीका अनुसार ७० भोल्ट २० एम्पीयर ब्याट्रीको मूल्य १ लाख हाराहारी र ७२ भोल्ट २४ एम्पीयरको मूल्य लगभग १ लाख ४५ हजार रुपैयाँ पर्नेछ ।





















उज्यालो खबर







