×

काठमाडौ । नेपालमा चालु आर्थिक वर्ष २०८०र०८१ को दुई महिनामा करिब साढे ६ करोडको तास आयात भएको छ । भन्सार विभागका अनुसार चालु आवको साउन र भदौमा ६ करोड ४४ लाख ८४ हजार रुपैयाँको तास आयात भएको छ ।

सरकारले चार करोड चार लाख ३३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । भन्सार विभागका अनुसार नेपालले भारत र चीनबाट तास आयात गरेको छ ।भारतबाट ४३ लाख ६३ हजारको तास आयात गरेको छ भने चीनबाट ६ करोड एक लाख २१ हजारको तास आयात भएको भन्सार विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया