×

काठमाडौँ । हुन्डाई नेपालले चाडपर्व लक्षित गरी ल्याएको हुन्डाई फेस्टिभ डिलाइट अन्तर्गत हुन्डाई ‘फेस्टिभ कार्निवल’ यही आउँदो शुक्रबार असोज १९ गते देखि २१ गते सम्म देशभरका आफ्ना सबै शोरुमबाट सञ्चालन गर्ने भएको छ ।

हुन्डाई फेस्टिभ कार्निवल, आफ्ना ग्राहकहरुसँग प्रत्यक्ष भेटघाट गरी शुभ–कामना आदानप्रदान गर्दै विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाइने छ। कार्निवलमा हुण्डाईकोसबै शोरुमहरुमा फरक फरक कार्यक्रमहरु आयोजना गरिनेछ। LIVE Food Stalls, LIVE सांगितिक प्रस्तुति, , Kids Play Zone, गाडीसम्बन्धि आवश्यक विभिन्न , Kids Play Zone, निःशुल्क गाडीको परीक्षण तथा चेक जाँच, मूल्यांकन तथा एक्सचेन्ज सुविधा, ईभि गाडी सम्बन्धि विशेष जानकारी तथा अन्तरक्रिया कार्यक्रम, ईभि हाई भोल्टेज ब्याट्री चेकअप ,मोटोर र्याली जस्ता अरु विभिन्न कार्यक्रम संचालन हुने छन् ।

तिनदिने यस कार्निवललाई अझै रोचक र प्रतिस्पर्धी बनाउन हुण्डाई, Kids Play Zone र महिला चालकहरुप्रति लक्षित Hyundai ‘Wheels on Heels’ जस्ता कार्यक्रमहरुपनि आयोजना गरिनेछ। कार्नीवल मा आयोजना गरिएका प्रतियोगितामा सहभागीभै विजेता हुनेले विश्व प्रसिद्ध ब्रान्ड BOSCH तथा WHIRLPOOL का वाशिङ मसिन, माइक्रोवेव ओवन, मिक्सर ग्राइन्डरहरु पाउन सक्नेछन्।

तपाईको प्रतिक्रिया