काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आज अर्थात् माघ २७ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट गरिसकेको छ ।

जारी पूँजी रू।३४ करोडको २४ दशमलव ७१ प्रतिशतले हुन आउने ८ लाख ४० हजार कित्ता आईपीओ कम्पनीले सर्वसाधारणका लागि छुट्याएको छ ।प्रतिशेयर रू। १०० मूल्यका रू। ८ करोड ४० लाख बराबरको शेयरमध्ये १० प्रतिशतले हुन आउने ८४ हजार कित्ता शेयर भने वैदेशिक रोजगारीमा रहेका नेपाली एवं ५ प्रतिशतको ४२ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकिएको र १६ हजार ८०० कित्ता शेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको कम्पनीको भनाइ छ ।

कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० देखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो आईपीओ फागुन २ गतेसम्म विक्रीमा रहनेछ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा फागुन १२ गतेसम्म विक्री अवधि लम्बिनेछ । सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्ने गरेकाले कम्पनीको आईपीओ फागुन २ गतेसम्म मात्र विक्रीमा रहने निश्चित छ ।

 

तपाईको प्रतिक्रिया