×

Month: September 2022

औषधी व्यवसायी संघ चितवनमा नयाँ नेतृत्व, उपाध्यक्षमा श्रेष्ठ र महासचिवमा अधिकारी विजयी

औषधी व्यवसायी संघ चितवनमा नयाँ नेतृत्व, उपाध्यक्षमा श्रेष्ठ र महासचिवमा अधिकारी विजयी
चितवन । विनोद प्रसाद तिमिल्सीनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै नेपाल औषधी व्यवसायीसंघ चितवनको सातौँ जिल्ला अधिवेशन भरतपुरमा सम्पन्न भएको छ ।संघको उपाध्यक्षमा लक्ष्मीलाल श्रेष्ठ, महासचिवमा तारानाथ अधिकारी, र सचिवमा टेकप्रसाद सापकोटा (बासु) विजयी हुनुुभएको छ । त्यसैगरी कोषाध्यक्षमा रुद्र प्रसाद सापकोटा र उपकोषाध्यक्षमा नवराज कंडेल निर्विरोध निर्वाचित भएको औषधी व्यवसायी संघ चितवनका नवनिर्वाचित महासचिव तारानाथ अधिकारीले जानकारी दिनुभयो । सदस्यहरुको लागि भएको चुनावम...

जयश्री अर्गनाईजेसनका महानिर्देशक अग्रवाल “जनसेवाश्री” पदक बाट विभुुषित

जयश्री अर्गनाईजेसनका महानिर्देशक अग्रवाल “जनसेवाश्री” पदक बाट विभुुषित
गैँडाकोट । जयश्री अर्गनाईजेसनका महानिर्देशक उद्योगी पवन कुमार अग्रवाल जनसेवा श्री पदकबाट विभुषित हुनुभएको छ । लामो समयरदेखि उद्योग व्यवसायको क्षेत्रमा रहेको योगदान दिएको भन्दै उहाँलाई नेपाल सरकारले संविधान दिवशको अवसरमा जनसेवा श्री पदकबाट विभुषित गर्ने निर्णय गरेको हो । जयश्री अर्गनाईजेसनका महानिर्देशक अग्रवाल उद्योगी तथा वरिष्ठ समाजसेवीको रुपमा समेत परिचित हुनुहुन्छ । उहाँ सहित चितवनका प्रतिष्ठित सामाजिक अगुवाहरु संबिधान दिवसको अवसरमा बिभिन्न मान पदवीबाट बिभुषित भएका छन ।...

“अल बिदा” भनेर निस्किएका पत्रकार अझै भेटिएनन्,खोजी कार्य जारी

“अल बिदा” भनेर निस्किएका पत्रकार अझै भेटिएनन्,खोजी कार्य जारी
नवलपुर । सामाजिक सञ्जालमा “अल बिदा” भनेर आज बिहानदेखि सम्पर्कविहिन भएका पत्रकार विदुर कटुवालको अहिलेसम्म पनि अत्तोपत्तो लाग्न सकेको छैन । आफूले मृत्यु रोजेको भन्दै फेसबुकमा लामो स्टाटस लेखेर बेपत्ता भएका उदयपुरका पुराना पत्रकार कटुवालको बारेमा केही जानकारी पाउन सकिएको छैन । श्रीमतीसंग डिभोर्स गर्नुभन्दा मर्नु बेस भन्दै स्टाटसको शुरुमै “अल बिदा” लेखेका उनको त्यसयता मोबाइल स्वीच अफ छ । काठमाडौंको बुद्धनगरमा भाइसंग बस्दै आएका उनी बिहानै डेराबाट निस्किएको नजिकको सिसिटिभी क्याम...

डा. केसीको जीवनरक्षा गर्न चिकित्सक संघको माग

डा. केसीको जीवनरक्षा गर्न चिकित्सक संघको माग
काठमाडौं । नेपाल चिकित्सक संघले डा। गोविन्द केसीको जीवन रक्षा गर्न माग गरेको छ ।संघले आइतबार विज्ञप्ति जारी गर्दै डा. केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन गम्भीर बन्दै गएकोमा ध्यानाकर्षण गराएको छ । चिकित्सक संघले भनेको छ, ‘उहाँको जीवन रक्षाका निम्ति अविलम्ब वार्ता निकर्षमा पुर्‍याई डा. केसीको जीवन रक्षा गरिदिनु वार्ता टोलीलाई हार्दिक अनुरोध गर्दछ ।’ यसअघिका सम्झौता कार्यान्वयन र स्वास्थ्य क्षेत्रमा सुधारका माग राखेर डा.केसीअनशनरत छन् ।उनलाई राखिएको सेती प्रादेशिक अस्पतालले ...

श्रेष्ठको अध्यक्षतामा नयाँ समिति चयन गर्दै कफ्सनको पाँचौ राष्ट्रिय महाधिवेशन सम्पन्न

श्रेष्ठको अध्यक्षतामा नयाँ समिति चयन गर्दै  कफ्सनको पाँचौ राष्ट्रिय महाधिवेशन सम्पन्न
सालिकराम कोइराला काठमान्डौ । समुदायमा आधारित वन सहजकर्ता संजाल, नेपाल (कफ्सन)  को पाँचौ राष्ट्रिय महाधिवेशन बिना श्रेष्ठको अध्यक्षतामा १७ सदस्यिय केन्द्रिय कार्य समिति निर्माण गर्दै सम्पन्न भएको छ ।महाधिवेशनको प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य डा. बिमला राई पौड्यालले वन क्षेत्रको नीति निर्माण र सहजिकरणमा कफ्सनको अत्यन्तै महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै संजालको गतिविधिको सह्राना गरिन् । महाधिवेशनमा वन क्षेत्र र स्थानीय समुदाय बिचको अन्तर सम्वन्धका सवाल तथा संजालको भा...

संविधानको कार्यान्वयन गर्न राज्यका सबै अङ्गले निष्पक्ष भूमिका खेल्नुपर्छ : राष्ट्रपति भण्डारी

संविधानको कार्यान्वयन गर्न राज्यका सबै अङ्गले निष्पक्ष भूमिका खेल्नुपर्छ : राष्ट्रपति भण्डारी
काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानद्बारा सुनिश्चित गरिएका मौलिक अधिकारको कार्यान्वयन गरी राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुपर्ने बताएकी छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ को शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई वृहत् राष...

आज संविधान दिवस,मुलुकभर सार्वजनिक बिदा

आज संविधान दिवस,मुलुकभर सार्वजनिक बिदा
काठमाडौं ।  आज संविधान दिवस । जनताबाट निर्वाचित जनप्रनिधिबाट गठन भएको संविधानसभाबाट ३, असोज ०७२ मा संविधान जारी भएको दिन । तत्कालीन राष्ट्रपति रामवरण यादवले संविधान जारी गरेका थिए । आज विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । दिवसका अवसरमा आज सोमबार संविधान दिवस मूल समारोह समितिले राजधानीमा विशेष समारोहको आयोजना गरेको छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू, सभामुख, राष्ट्रियसभाका अध्य...

भरतपुरमा नक्कली सुनको बिस्कुट देखाई सक्कली सुन ठगी गर्ने मानिस पक्राउ

भरतपुरमा नक्कली सुनको बिस्कुट देखाई सक्कली सुन ठगी गर्ने मानिस पक्राउ
चितवन। चितवनको नारायणगढ र भरतपुरका बजार क्षेत्रमा महिलालाई नक्कली सुनको बिस्कुट देखाएर सक्कली सुन ठगी गर्ने व्यक्तिलाई चितवन प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली दुधौली नगरपालिका–१२ का ३९ वर्षीय विर बहादुर घिसिङ रहेका छन् । घिसिङले महिलालाई लक्षित गरी नक्कली सुनको बिस्कुट देखाई ‘तपाईले लगाएको कानको मुन्द्रा हामीलाई दिनुहोस्, तपाईलाई मैले सुनको बिस्कुट र नगद रकम दिन्छु’ भनि ललाई फकाई गरी महिलाहरुले लगाएको सक्कली सुनका गरगहनाहरु झुक्काई लाने गरेको प्रहरीले जनाएक...

भरतपुरको लंकुमा ७० वर्षीया वृद्धाको सिक्री लुट्ने एक पक्राउ

भरतपुरको लंकुमा ७० वर्षीया वृद्धाको सिक्री लुट्ने एक पक्राउ
चितवन ।  चितवनको भरतपुर महानगरपालिका–४ लंकुस्थित सडकमा स्थानीय ७० वर्षीया खगेश्वरी भुषालले लगाएको सुनको सिक्री लुट्ने एक व्यक्ति पक्राउ परेका छन् ।गत भदौ २३ गते विहान ८ बजेको समयमा स्कुटरमा आएका व्यक्तिले बाटोमा हिड्दै गरेकी वृद्धको सिक्री लुटेर फरार भएका थिए । प्रहरीले अनुसन्धान गर्दै जाँदा सिक्री लुट्ने भरतपुर २३ घरभई हाल भरतपुर ५ सृजना टोल बस्ने ४३ वर्षीय झलक जैसीलाई सिक्रीसहित पक्राउ गरेको हो ।प्रहरीले घटनाको बेलामा प्रयोग गरिएको ना ४३ प ७४८५ नम्बरको स्कुटरसहित पक्राउ ...