कांग्रेस नेता विनोद चौधरीको उम्मेदवारीले नवलपरासीमा उत्साह
नवलपुर। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद विनोद चौधरीको उम्मेदवारीले नवलपरासी क्षेत्र नं. १ मा उत्साह थपिएको छ ।कांग्रेसबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ नवलपरासी–१ बाट नेता चौधरीको नाम सिफारिस भएपछि मतदाता उत्साहित भएका हुन् ।
पूर्वमन्त्री हृयदेश त्रिपाठीले पाँच पटक निर्वाचन जितेको नवलपरासी–१ बाट कांग्रेसले चौधरीलाई अगाडि सार्ने तयारी गरेको हो । त्रिपाठीलाई पटक÷पटक निर्वाचन जिताउँदा पनि विकास हुन नसकेको स्थानीयको निष्कर्ष छ ।उद्योगपति चौधरीका कार...

























