चितवन  । भरतपुर र नारायणगढ क्षेत्रमा तीन दिनसम्म विद्युत सेवा प्रवाहमा समस्या देखिने भएको छ । भरतपुरमा रहेको २२ एमभिए ट्रान्सर्फमर जलेपछि शुक्रबारसम्म विद्युत वितरणमा समस्या देखिने भरतपुर विद्युत वितरण केन्द्रले जानकारी दिएको छ । भरतपुर सव स्टेशनमा दुई थान २२ एमभिएका ट्रान्सर्फमर मध्ये हिजो एउटा जलेको थियो । ट्रान्सर्फमर जलेपछि नारायणगढ र भरतपुर क्षेत्रमा आलोपालो गरेर विद्युत छाडिएको भरतपुर विद्युत वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिनुभयाे ।

हिजोदेखि भरतपुरका क्षेत्रमा विद्युत आउने जाने भैराखेको छ । अहिले बस कप्लर लगाई एकबाट सञ्चालन गर्नुपरेको उनले बताउनुभयाे । भरतपुर १, भरतपुर २, औद्योगिक १, गणेशस्थान फिडर अहिले थ्री फेज ग्राहकको उल्टा फेज सिक्वन्स गरि केवल लाईटिङ्ग लोड मात्र संचालन भएको उनले बताउनुभयाे ।  ट्रान्सर्फमर ओभरलोड भएको अबस्थामा अलोपालो फिडर काटिने छ । समय समयमा पानी परिरहेकाले मर्मत गर्न तीनदिनसम्म लाग्ने उनले जानकारी दिए । उनले अर्को ट्रान्सर्फमर मर्मत भै संचालन नभए सम्म ठुला लोड खपत हुने वस्तु सञ्चालन नगरी सहयोग गर्न सेवाग्राहीलाई अनुरोध गर्नुभएकाे छ ।

तपाईको प्रतिक्रिया