×

Month: September 2022

चाडपर्व नजिकिएसँगै चितवनमा बजार अनुगमन तिव्र

चाडपर्व नजिकिएसँगै चितवनमा बजार अनुगमन तिव्र
चितवन । चाडपर्व नजिकिएसँगै चितवनमा बजार अनुगमनलाई तिव्र पारिएको छ । नेपालीहरुका ठुला चाडपर्व सुरु भएसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भरतपुरले बजार अनुगमनलाई तिव्र पारेको हो । यसैक्रममा विहीबार (आज) चितवनको रत्ननगर नगरपालिका क्षेत्रमा बजार अनुगमन गरिएको छ । सो क्रममा त्यहाँका किराना पसलमा म्याद गुज्रिएका सामाग्री भेटिएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भरतपुर र रत्ननगर नगरपालिकाले गरेको अनुगमनका क्रममा किराना पसलमा म्याद गुज्रिएका समान भेटिएका हु...

मैले प्रचण्डलाई अँगालो मारें, उनले ग्वाम्म छुरी रोपेः ओली

मैले प्रचण्डलाई अँगालो मारें, उनले ग्वाम्म छुरी रोपेः ओली
काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपामा छँदा पुष्पकमल दाहाल प्रचण्डले आफूलाई घात गरेको टिप्पणी गरेका छन्। माओवादी केन्द्र चितवनका नेता यमबहादुर परियारलाई पार्टी प्रवेश गराउँदै ओलीले आफूलाई प्रचण्डले पार्टीको साधारण सदस्यबाट समेत निकालेको स्मरण गर्दै यस्तो बताएका हुन्। ‘मैले प्रचण्डलाई आउनुस् मित्र, एकीकृत पार्टी बनाउँ, बलियो वामपन्थी आन्दोलन बनाउँ, समाजवादतर्फ एकतावद्ध भएर अगाडि बढौं भनेर अध्यक्ष बनाएर मेरो सिटको छेउमा राखेको थिएँ।’ ओलीले भने, ‘मैले प्रचण्डलाई ...

चितवनमा प्रचण्डलाई धाेका, माओवादीका जिल्ला र महानगर सहइन्चार्ज एमाले प्रवेश

चितवनमा प्रचण्डलाई धाेका, माओवादीका जिल्ला र महानगर सहइन्चार्ज एमाले प्रवेश
  चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्ला चितवनमा माओवादीका जिल्ला र महानगर सहइन्चार्ज एमाले प्रवेश गरेका छन् । माओवादी केन्द्र चितवनका जिल्ला सहइन्चार्ज यम बहादुर परियार इन्द्रजित एमाले प्रवेश गरेका हुन् । लामो समय माओवादीको चितवन जिल्ला नेतृत्व गरेका परियार आज विहिबार पार्टी कार्यालयमा आयोजित कार्यक्रम मार्फत एमाले प्रवेश गरेका छन् । परियार एमाले र माओवादी एकीकरण भएपछि बनेको नेकपाको पनि चितवन जिल्ला संयोजक समेत भएका थिए । परियार पाँच पट...

रत्ननगर खानेपानीले असोज महिनाको न्यूनतम महसुल छुट दिने

रत्ननगर खानेपानीले असोज महिनाको न्यूनतम महसुल छुट दिने
चितवन । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले असोज महिनाको न्युनतम महशुल छुट दिने भएको छ । बुधवार भएको पद हस्तान्तरण पछि बसेको नया कार्यसमितिको पहिलो बैठकले न्यूनतम १० हजार लिटर पानी प्रयोग गरेवापत न्यूनतम मासिक ११० रुपैया शुल्क मिनाहा गर्ने निर्णय गरेको सचिब प्रताप डल्लाकोटीले जानकारी दिए । बुधबारनै नव निर्वाचित पदाधिकारीलाई पद स्तान्तरण,सपथग्रहण तथा प्रमाणपत्र वितरण गरिएको थियो । निर्वतमान अध्यक्ष भीष्मराज पौडेलले नवनिर्वाचित अध्यक्ष माधवप्रसाद अर्याललाई पद हस्ता...

पहिरोमा घर पुरिँदा काभ्रेमा एकै परिवारका तीनजनाको मृत्यु

पहिरोमा घर पुरिँदा काभ्रेमा एकै परिवारका तीनजनाको मृत्यु
काठमाडौं ।  काभ्रेको बेथानचोक गाउँपालिका–४ चलालमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आज बिहान साढे ३ बजे पहिरोले घर पुरिँदा ६५ वर्षीया लालजुङ तामाङ, छोरा ४४ वर्षीय निरबहादुर तामाङ र छोरी ४० वर्षीया छोरी सावित्रीको मृत्यु भएको हो। निरबहादुर र छोरी सावित्रीको घटनास्थमै मृत्यु भएको हो। आमा लालजुङको उपचारको क्रममा अस्पतालमा निधन भएको हो।राति सुतिरेहका बेला पहिरो खसेपछि घर पुरिएको थियो। स्थानीय र प्रहरीले उद्धार गर्ने ...

नवलपरासीका मतदाता भन्छन ; विकासका लागि निर्विकल्प विनोद चौधरी

नवलपरासीका मतदाता भन्छन ;  विकासका लागि निर्विकल्प विनोद चौधरी
नवलपरासी । पाँच वर्षपछि आम निर्वाचन हाम्रो सामुन्नेमा छ । राजनीतिक दलहरू उम्मेदवार चयनमा जुटेका छन् । नवलपरासी (पश्चिम)  निर्वाचन क्षेत्र नम्बर १ को मतदाता र एक सचेत नागरिकको हैसियतले व्यक्तिगत चासो आफ्नै निर्वाचन क्षेत्रप्रति छ । र, बितेका कयौं वर्षहरूमा जस्तै यसपटक पनि यहाँका मतदाताको भाग्यमाथि खेलबाड नगरियोस् भन्नका लागि स्तम्भकारको जस्तै चासो धेरैभन्दा धेरै मतदाताको हुनुपर्छ भन्ने आग्रह पनि छ । किनभने यो क्षेत्र सारा बाहिरी दुनियाँका लागि सुगम छ, सम्पन्न छ । तर हाम्रा ...

स्वर्ण वर्ष मनाउदै चितवन राष्ट्रिय निकुञ्ज,वर्ष भरि विविध कार्यक्रम गरिने

स्वर्ण वर्ष मनाउदै चितवन राष्ट्रिय निकुञ्ज,वर्ष भरि विविध कार्यक्रम गरिने
नवलपुर । नेपालको पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज यही असोज ४ गते ५० औँ वर्ष प्रवेशका अवसरमा स्वर्ण वर्ष मनाउने भएको छ । विसं २०३० असोज ४ गते यो निकुञ्ज स्थापना भएको हो । निकुञ्जले आफ्नो स्वर्ण वर्ष भरि विविध कार्यक्रमको आयोजना गरी मनाउने भएको हो । असोज ७ गते औपचारिक कार्यक्रमगरी स्वर्ण वर्ष शुभारम्भ गरिँदैछ । निकुञ्ज परिसर कसरामा स्वर्ण वर्षको शुभारम्भ गरिने निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताउनुभयो । महोत्सवमा स्मारिका प्रकाशनगर्ने, स्वर्ण स्तम्...

दशैंका लागि नयाँ नोट साट्न थाल्यो राष्ट्र बैंकले

दशैंका लागि नयाँ नोट साट्न थाल्यो राष्ट्र बैंकले
काठमाडौं । दशैं, तिहार र छठ पर्वका लागि भन्दै नेपाल राष्ट्र बैंकले आज (मंगलबारदेखि)  नयाँ नोट साट्न थालेको छ ।नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयबाट आजैदेखि नयाँ दिन थाले पनि उपत्यका बाहिर २ असोजदेखि नयाँ नोट साट्न सक्ने नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले जानकारी दिएका छन् । गतवर्ष जस्तै यसवर्ष पनि सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा पाएका छन् । ५, १०, २०, ५० र १०० रुपैयाँसम्मका नोट ...

राप्रपाका युवा नेता दिपक थापा चितवन ३ ( क ) बाट सर्वसम्मत उम्मेदवार सिफारिस

राप्रपाका युवा नेता दिपक थापा चितवन ३ ( क ) बाट सर्वसम्मत उम्मेदवार सिफारिस
चितवन ।राप्रपाका युवा नेता दिपक थापा चितवन क्षेत्र नम्वर ३ (क)  बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । भरतपुर महानगर कमिटीको अध्यक्ष समेत रहेका थापालाई समानुपातिक तर्फ सर्वसम्मत उम्मेदवार सिफारिस गरिएको राप्रपा चितवनले जनाएको छ । थापाले नेतृत्व गरेपछि राप्रपाको भरतपुर महानगर कमिटी चलायमान भएको छ । पछिल्लो समय महानगर भित्र राप्रपाका गतिविधि बढेका छन् भने २९ वटै वडामा वडा कमिटीहरु गठन गरिएको छ ।