×

Month: September 2022

मुग्लिनको पुलबाट हाम फालेर २७ बर्षीय निराजन बेपत्ता

मुग्लिनको पुलबाट हाम फालेर २७ बर्षीय निराजन बेपत्ता
चितवन । चितवनको मुग्लिन पुलबाट हाम फालेर एक युवा वेपत्ता भएका छन् । आज (शुक्रबार) साँझ ५ः३० बजेको समयमा एक युवाले हाम फालेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । बागमती प्रदेश ०२–०३१ प ५२५४ नम्बरको मोटरसाइकलमा आएका युवाले झोला मोटरसाइकल माथि राखेर पुलबाट हाम फालेको प्रत्यक्षदर्शीले बताएका छन् । झोलामा फेला परेको लाइसेन्सका आधारमा युवा दोलखा जिल्ला गैरिमुडी ९ का निराजन घिमिरे रहेको प्रहरीले जनाएको छ । वेपत्ता युवाको खोजी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले ...

सात मिटरब्याजी विरुद्ध चितवन प्रहरीमा मुद्दा दर्ता,अन्य पाँचवटा मुद्दा छलफलमा

सात मिटरब्याजी विरुद्ध चितवन प्रहरीमा मुद्दा दर्ता,अन्य पाँचवटा मुद्दा छलफलमा
चितवन । जिल्ला प्रशासन कार्यालयले सात मिटरब्याजीविरुद्ध मुद्दा दर्ता गरेको छ । आन्तरिक छलफलका क्रममा सहमति नजुटेपछि जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ताका लागि फाइल पठाइएको छ । दुईपक्षीय सहमति हुन नसकेपछि ती मुद्दालाई प्रहरी कार्यालय पठाइएको प्रशासन कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार परेका निवेदनमध्ये अहिले अन्य पाँचवटा मुद्दा छलफलमा छन् । ती उजुरीमा पक्ष र विपक्षीको बयान लिने काम जारी छ भने अन्य उजुरीको विषयमा सम्बन्धित व्यक्तिला...

राजस्व कार्यालय कावासोतीद्धारा २ महिनामै ४ अर्व ३१ करोड राजस्व संकलन

राजस्व कार्यालय कावासोतीद्धारा २ महिनामै ४ अर्व ३१ करोड राजस्व संकलन
नवलपुर । आन्तरिक राजस्व कार्यालय कावासोती नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनामा ४ अर्व ३१ करोड ११ लाख राजस्व संकलन गरेको छ । साउन र भदौ महिनामा ३ अर्ब ८३ करोड १६ लाख राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा ४ अर्व ३१ करोड ११ लाख राजस्व संकलन भएको आन्तरिक राजस्व कार्यालय कावासोतीका प्रमुख कर अधिकृत ज्ञानहरी पन्थीले उज्यालो खबरलाइ जानकारी दिनुभयो । उहाँका अनुसार सो रकम कार्यालयको लक्ष्यभन्दा ११२.५१ प्रतिशत बढी हो । कार्यालयले आयकर शीर्षकमा...

अपडेट : नारायणी नदीमा हाम फाल्ने जुटपानीका अनुप पोख्रेल

अपडेट : नारायणी नदीमा हाम फाल्ने जुटपानीका अनुप पोख्रेल
चितवन । नारायणी पुलबाट नदीमा हाम फालेर बेपत्ता भएका व्यक्तिको पहिचान खुलेको छ । बेपत्ता हुने व्यक्ति कालिका नगरपालिका–७ जुटपानी बस्ने वर्ष ३२ को अनुप पोख्रेल भन्ने खुल्न आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए । पोख्रेललाई प्रहरीले अझै फेला पारेको छैन । बिहीबार बेलुका करिब ७ बजेको समयमा पोख्रेलले पुलमा प्रदेश ३–०२–००२ प ९१३६ नम्बरको सिल्बर रङको स्कुटर, निलो रङको चप्पल र सामसुङ कम्पनीको एक थान मोबाइल छाडेर नदीमा हाम फालेका थिए । पोख्...

मध्य र पश्चिम नेपाल केन्द्रित वर्षाको सम्भावना, यी क्षेत्रम धेरै पानी पर्ने

मध्य र पश्चिम नेपाल केन्द्रित वर्षाको सम्भावना, यी क्षेत्रम धेरै पानी पर्ने
चितवन ।  आज मध्य र पश्चिम नेपाल क्षेत्रका धेरै स्थानमा वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा वर्षा हुनसक्छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा ठूलो पानी पर्ने सम्भावना पनि छ । राति लुम्बिनी र सुदूरपश्चिमका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी तथा बाँकी प...

चुनावअघि लालपूर्जा नबाँड्न निर्वाचन आयोगको निर्देशन

चुनावअघि लालपूर्जा नबाँड्न  निर्वाचन आयोगको निर्देशन
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगलाई लालपूर्जा वितरणको काम रोक्न निर्देशन दिएको छ ।बिहीबार आयोगले पत्र लेखेर जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपूर्जा वितरणको काम रोक्न निर्देशन दिएको हो । आयोगले काम रोकेर त्यसबारेको जानकारी दुई दिनभित्र निर्वाचन आयोगलाई दिन पनि निर्देशन दिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।निर्वाचन आयोगले निर्वाचनमा स्वच्छता र निष्पक्षता कायम राख्न ४ मंसिरको चुनावअघि लालपूर्जा नबाँड्न न...

सन्दीप सिंगापुरमा, केही दिनमा आउने !

सन्दीप सिंगापुरमा, केही दिनमा आउने !
काठमान्डौ ।  जबरजस्ती करणीको आरोप लागेका  क्रिकेट सन्दीप लामिछाने केही दिनपछि मात्रै नेपाल आउने बुझिएको छ । भदौ ५ गते भएको घटना उनी वेस्टइन्डिजमा क्यारेवियन प्रिमियर लिग सीपीएल खेल्न गएका बेला एक नावालिकाले गौशाला प्रहरी बृत्तमा उजरी दिएपछि सार्वजनिक भएको थियो । त्यसलगत्तै नेपाली टिमबाट निलम्बनमा परेका सन्दीपले सीपीएल पनि छाडेका थिए । उनी नेपाल आएर आफूले कानुनी लडाईं लड्ने बताएका थिए । त्यसयता सामाजिक सञ्जालमा समेत सार्वजनिक नभएका सन्दीप अहिले नेपाल क्रिकेट संघ क्यानको पनि...

नारायणी नदीमा हाम फालेर एक पुरुष बेपत्ता

नारायणी नदीमा हाम फालेर एक पुरुष बेपत्ता
गैँडाकोट । चितवन र नवलपुर जोड्ने नारायणी नदीको पुलबाट हाम फालेर एक पुरुष बेपत्ता भएका छन् । विहिवार साँझ साढे ६ वजे नदीको पुलबाट हाम फालेर अन्दाजी ४० वर्षका पुरुष वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । स्कुटरमा आएका उनि स्कुटरलाई पुलकै छेउमा राखेर नदीमा हाम फालेको बताइएको छ ।  प्रदेश ३-०२-००२ प ९१३६ नम्बरकाे सिल्भर रङकाे अभिटर स्कुटर उनले पुलमै छाडेकाे प्रहरीले जनाएकाे छ । स्कुटरसँगै चप्पल समेत भेटिएको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको चितवन प्रहरील...

सत्ताका भाेकाहरुलाई मंसिर ४ गते बिदा गरौ : बिक्रम पाण्डे

सत्ताका भाेकाहरुलाई मंसिर ४ गते बिदा गरौ : बिक्रम पाण्डे
चितवन ।  पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले राष्ट्रवादी छवि भएका नेताहरुलाई जिताउनुपर्ने बेला आएको बताउनुभएको छ । कालिका नगरपालिका–५ भीमवली पार्कमा राप्रपा थारु महिला संगठन कालिकाले जितिया पर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले मंसीर ४ लाई असल र राष्ट्रवादी नेता छान्ने दिनका रुपमा लिनुपर्ने बताउनुभयो । “पार्टीले उठाएको नेता, उसैलाई भोट दिनुपर्छ भन्ने मनस्थितिलाई तिलाञ्जली दिनुस्”, उहाँले भन्नुभयो,...